• बिहीबार-चैत-१५-२०८०

प्रदुषणबाट फोक्सोलाई कसरी बचाउने ? 

केही यस्ता खानपान छन् जसले प्रदुषणबाट फोक्सोलाई बचाउन राम्रो भूमिका खेल्ने गर्दछन् । 


आलस : प्रदुषणबाट सुरक्षित रहनका लागि आलस निकै फाइदाजनक मानिन्छ । 


पानीको सेवन : श्वासको माध्यमबाट शरीरमा जाने विषालु चिजहरु शरीरबाट बाहिर निकाल्न पानी निकै फाइदाजनक मानिछ । त्यसैले दिनमा कम्तीमा चार लिटर पानी पिउनु जरुरी हुन्छ । 


गोलभेंडा : प्रदुषणको प्रभावबाट बचाउनका लागि लाइकोपिन एन्टीअक्सिडेन्टले भरपुर गोलेभेंडाको सेवन निकै जरुरी मानिन्छ । 


बाफ लिनु : बाफ लिँदा पनि यसले फोक्सो सफा गर्ने र स्वासप्रश्वास सहज बनाउन मद्दत गर्दछ । 


अदुवा : प्रदुषणको समयमा अदुवा र तुलसीको पत्ता मिलाएर सेवन गर्ने हो भने घाँटीको समस्याबाट राहत पाई श्वासप्रश्वास सहज बनाउन सकिन्छ । 


जैतुनको तेल : जैतुनको फ्याट्टी एसिडले प्रदुषणयुक्त कार्डियोभास्कुलर मुटुका रोगहरुबाट सुरक्षित राख्दछ । 


पुदिनाको तेल : स्वास्थ्य विज्ञहरुका अनुसार पुदिनाको तेलले छातीमा जमेको कफ हटाउन प्राकृतिक रुपमा नै मद्दत गर्दछ । त्यसैले तातो पानीमा पुदिनाको तेल थोपा हालेर बाफ लिन सकिन्छ । 


भिटामिन सी : कागती, अम्बा, अमला तथा सुन्तला, चौलाईको सागजस्ता फल तथा तरकारीमा प्रशस्त भिटामिन सी हुने गर्दछ । यसको सेवनले प्रदुषणबाट फोक्सोमा हुने समस्याबाट बचाउन मद्दत गर्दछ । 

प्रतिकृया दिनुहोस