• शनिबार-बैशाख-८-२०८१

जर्नेलद्वारा सैनिक मञ्चकाे घाँस बिक्रीपछि राजनीतिक भेटघाट ?


   नेपाली सेनाको नियम अनुसार, सेनाका जुनसुकै अधिकृतले पनि संगठनकाे स्वीकृत बिना राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्न प्रतिबन्ध छ । तर, नेपाली सेनाका जर्नेल समारोह सञ्चालन निर्देशनालयका सहायक रथी यमबहादुर सापकोटाले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकाे खबर आजभाेलि  आर्मी हेडक्वार्टर भद्रकालीमा व्याप्त छ  । समारोह सञ्चालन निर्देशनालयका सहायक रथी यमबहादुर सापकोटाले लैनचौरस्थित सभामुख निवास पुगेर उनले एक घण्टा कुराकानी गरेको हामीले सुनेका छाैं ।

 

 आर्मी हेडक्वार्टरमा हामीले सुने अनुसार, सहायक रथी यमबहादुर सापकोटा सभामुख सापकोटालाई भेट्न २०७९ असाेज १६ गते  बिहान ८ बजेतिर लैनचौर पुगेका थिए  । निर्वाचनकाे समयमा प्रधानसेनापति प्रभुराम शर्मा वा कसकाे स्वीकृतिमा  सभामुख सापकोटालाई भेट्न समारोह सञ्चालन निर्देशनालयका सहायक रथी यमबहादुर सापकोटाले लैनचौरस्थित सभामुख निवास पुगे भन्ने प्रश्न उठेकाे छ ।


जर्नेल सापकोटाका सम्बन्धमा अर्काे एउटा विषय पनि आर्मी हेडक्वार्टरमा चर्चा हुने गरेकाे छ ।  आर्मी हेडक्वार्टर भद्रकालीका सैनिक अधिकृतहरू चलेकाे चर्चा अनुसार, नेपाली सेनाले हरेक बडा दसैँकाे फूलपातीकाे बढाईं समाराेह आयाेजना हुने स्थान सैनिक मञ्च अगाडिकाे चाैर सफा गर्ने गर्दछ ।

 

सैनिक मञ्च अगाडिकाे चाैर सफा गर्ने क्रममा त्यहाँकाे चैरमा रहेकाे बाक्लाे घाँस समेत काठमाडाैंका पशुपालक किसानलाई  निशुल्क काट्न दिने चलन थियाे । तर, यस पटक भने जर्नेल सापकाेटाले घाँसकाे प्रति केजी रू. ३। (नगद) असुलेका थिए ।


  त्यत्राे चाैरकाे घाँस कति बेचियाे र प्रति केजी रू. ३।(तीन रूपैयाँ) बेचेकाे  आम्दानी कहाँ बाँधियाे ? सँधै निशुल्क घाँस काट्न दिने नेपाली सेनाले अब टुँडिखेल सैनिक मञ्चकाे चाैरकाे घाँस बेचेर धनार्जन गर्ने नीति लिएकाे हाे ?

 

यस्तै चर्चा आर्मी हेडक्वार्टर चल्ने गरेकाले हामी सैनिक अधिकृतहरूकाे मनमा उठेका जिज्ञासाका लागि याे पत्र लेख्ने काम गरेका छाैं । सम्बन्धित निकायकाे ध्यान जाने अपेक्षा गरेका छाैं ।
-जिज्ञासु सैनिक अधिकृतहरू, आर्मी हेडक्वार्टर भद्रकाली

प्रतिकृया दिनुहोस