• बिहीबार-बैशाख-१३-२०८१

चिफ सा'ब ! नेपाली सेनाका कर्मचारीतर्फ पनि एक पटक ध्यान जावाेस्

  नेपाली सेनामा सवैलाई धेरै अवसर छ तर कर्मचारी वर्ग सबैभन्दा बढी पीडित वर्गमा पर्दछ । सबैको अधिकृत हुने ठाउंँ छ  पुजारी समेत कर्णेल भएर घर जान्छ तर साधारण कर्मचारीलाई अधिकृत हुने कागजमा नियम त छ तर आसेपासे हुक्के बैठके १ वा दुई जनालाई  मात्र । आन्तरिक प्रतिस्पर्धा नियमावली त छ तर कोही पनि छिर्न नसक्ने ३५ वर्ष नकाटेको पदिकमा १० वर्ष बसेको भन्ने शब्द राखिएकाे  छ ।  सबै ३५ नाघेको बुढा छन मिल्दै नमिल्ने कुरा ।


 संकटकालको सुरुवातसम्म पदिक क्याडेट लडेर अधिकृत भएका पनि हुन यतिका अधिकृत खालि हुँदा हवलदार तथा पदिक क्याडेट कर्मचारीलाई पनि लड्न दिए के हुन्छ र चिफ सा'ब ? बाँकी रह्यो कर्मचारीले सक्दैन भन्ने कुरा कसले पो  गर्भमा सिकेर आएको हुन्छ र ?  पशुलाई त सिकाउदा सिक्छ भने एउटा कर्मचारी लाई पदिक क्याडेटमा लगेर ८ देखि १० महिना तालिम गराउँदा सिक्न सक्दैन र सिकाएको कुरालाई ।


 चिफ सा'ब, एक पटक अवसर दिनुस् कर्मचारी प्रथम भएर देखाउनेछ तालिममा । लेखा समूहका कर्मचारी कुस्त पैसा कमाउछ, शान्ति सेना जान्छ अधिकृत पनि बन्छ । सानसंग जागिर खान्छ कसैले केही भन्न पनि सक्दैन साधारण कर्मचारीलाई आमा चकारी गाली नै गर्छन् यिनीहरूकाे  के कुरा गर्नु र ?

 

  विगतमा कर्मचारीहरुलाई साधारण शान्तिसेना जानको लागी पनि फलामको चिउरा चपाएझै थियो झोला पउच लगाएर हतियार सहित २ माईल पास गरेर मन्की क्रलिङ गरि डबल डिच खाल्टो नाघेर पास गरे मात्र निकै कम कोटामा निकै कम बुढा कर्मचारी शान्तिसेना जान पाउथे । धेरै त शान्ति सेना नखाएर नै पेन्सन जाने गर्दथे । तर, रुक्माङ्गत कटुवाल चिफ सा'ब कर्मचारीको लागी भगवान बनेर आइदिए र सबै कर्मचारीले सिनियरटी बाटै समय पुगेपछि शान्ति मिशन जाने मौका पाए । त्यसपछि कसैले पनि नेपाली सेनाका कर्मचारीको वृत्ति विकासमा ध्यानै दिएनन् । एक पटक नेपाली सेनाका कर्मचारीमा पनि ध्यान जावाेस् चिफ सा'ब ।

 

M.S.A (अव्जरभर) Exam United Nations बाट नै U.N clerk  भनेर तोकिएर आउँछ तर जहिले छानिएर जानेबेला ८० प्रतिशत प्राविधिक जान्छ । टाठाबाठा प्राविधिकहरु भनसुन गरि एम.टी. मा नै जुन गाडीबाट परीक्षा लिने हो सोही गाडीमा प्राक्टिस गर्दछन् । आफ्ना नजिकका मान्छेसंग सल्लाह लिएर आफ्नो दिनभरी खाली समयको सदुपयोग गर्छन भने कर्मचारीलाई ठिक उल्टो छ । सिक्ने समय नै हुँदैन त्यस्तो गाडी देखेको पनि  हुँदैन ।


 कर्मचारीको साधारण शान्ति सेना १५ वर्ष मा पनि आउँदैन दोश्रो पटक शान्ति सेनाको त झन के कुरा गर्नु र हजुर एउटा खुल्ला लडेर जाने M.S.A (अव्जरभर) थियो त्यो पनि कर्मचारीलाई देखि नसक्ने प्रधानसेनापति गौरव शम्शेर चिफ सा'बको पालामा काम गरि नजिक भएका कम्प्युटर महाशाखाका प्राविधिकहरुले कर्मचारी मात्र होइन जो सुकै प्राविधिक ईन्फन्ट्री पनि लड्न पाउने भनि शान्ति सेनाकै नियमावलीमा लेख्न लगाए । फलस्वरुप अगाडि बढी पैसा आउने मिशन मा ५ देखि ६ वटा नम्बरसम्म प्रत्येक पटक कम्प्युटर महाशाखाको प्राविधिकहरु जान्छन भने बचेको कम पैशा पाउनेमा कर्मचारी जान्छन् । अव्जर्भर तिनीहरुकै लागि खोलेको जस्तो छ ।


 के नेपाली सेनाका कर्मचारी भनेर तोकिएर सिट आएपछि कर्मचारी मात्र जानु पर्ने होइन र ?  न कि प्राविधकहरु र लेखालाई किन नि र ?  तिनीहरु कर्मचारी नै होइन । कम्प्युटर प्राविधिकहरु बाहिरबाट नै I.E गरेर आउछन कर्मचारी मुस्किल ले एस.एल.सी.  पास गरेर आएका हुन्छन् फेरि फुर्सद तिनीहरुकाे बढी हुन्छ तयारी गर्ने अवसर हुन्छ अनि  कसरी स्तर मिल्छ । उनीहरु साधारण शान्ति सेना २ पटक खान्छन् अनि अव्जरभर खान्छन् त्यसपछि अधिकृत हुन्छन अवसर नै अवसर छ  कम्प्युटर महाशाखाका प्राविधिकलाई । सिधै कम्प्युटर महाशाखाका प्राविधिक मात्र भनेर खुलाए हुन्छ M.S.A(अव्जरवर)।


 अर्कोतिर कर्मचारीलाई युनिटबाट सजिलै M.S.A  को परीक्षा दिन पनि जान दिंदैनन् आफैले गोजीबाट मिशन नै पठाउला झै परीक्षा लिन्छु भन्दै डोमिनेट गर्ने सजिलै जान नदिने गरिन्छ ।  


 M.S.A EXAM को तरिका सबै ठिक छ तर एउटा युनिटबाट २ जनाले मात्र परीक्षा दिन पाईने नियम बनाईयोस् । सेना जस्ताे संगठनले मनपरी नियम नलागाओस् कहिले चालक अनुमति पत्र लिएको २ वर्ष हुनु पर्ने कहिले जहिले लिएको भएपनि हुने । कर्मचारी उपत्यका बाहिर ४ वर्ष बसेको हुनु पर्ने अनि मिशनबाट फर्केपछि नेपालको अति दुर्गममा गएर काम गर्नैपर्ने  भन्ने छ भने महाशाखाका प्राविधिकलाई केही गर्नु नपर्ने किन  ? बरु कर्मचारीको कमी भैरहेको छ प्राविधिकहरुलाई पनि मिशनबाट फर्केपछि २ वर्ष कर्मचारी बनाएर दुर्गममा पठाउँदा कस्तो के होला र ?  कि त सबै कर्मचारीलाई महाशाखा अन्तर्गत राखेर प्राविधिक बनाईदिए राम्रो होला कि सबै कर्मचारी खारेज नै गर्दा राम्रो होला ।
पीडित नेपाली सेनाका कर्मचारी वर्ग

 

 

प्रतिकृया दिनुहोस