• शुक्रबार-चैत-१६-२०८०

सैनिक अस्पतालकाे कन्तबिजाेग नदेख्ने यी कर्णेल : तल्लाे दर्जाकाे उपचार त सम्झिने पानी छम्किने मात्रै हाे...

 २०७९ असाेज १० गतेकाे साँघु साप्ताहिक र साँघु न्यूज डटकमा ''यी हुन् वीरेन्द्र सैनिक अस्पतालका कथा–व्यथा !'' प्रकाशित भएकाे थियाे ।  नेपाली सेनाका   महासेनानी(अ.प्रा.) पूर्ण ओलीकाे नामबाट प्रकाशित उक्त पत्रका सम्बन्धमा थुप्रै प्रक्रिया प्राप्त भएका छन् । महासेनानी(अ.प्रा.) ओलीले लेखेकाे पत्रका सम्बन्धमा नेपाली सेनाकाे वीरेन्द्र सैनिक अस्पतालमा उपचार सेवा लिन गएका तर सन्तुष्ट नभएकाे सेनाका भुक्तभाेगीहरूले कडा टिप्पणी गरेका छन् ।


 सैनिक अस्पतालमा स्वास्थ्य उपचारका लागि पुगेकाहरूले पाएकाे दुखकष्ट र अस्पतालका अनेकाैं बेथितिहरूका बारेमा कडा टिप्पणी मात्रै गरेका छैनन्, साँघुमा पत्र लेख्ने महासेनानी(अ.प्रा.) ओलीले चाकडी शैलीमा लेखेकाे भनेर  गाली समेत गरेका छन् । सैनिक अस्पताल छाउनीमा सेवा लिन गएका तर, पीडित भएकाहरू मध्ये केहीकाे टिप्पणी यहाँ जस्ताकाे तस्तै प्रस्तुत गरिएकाे छ ।


लाै पढाैं पीडित सेनाहरूकाे टिप्पणी


तपाई अधिकृत हुनुभयो राम्रो सुविधा पाउनु भयो । हस्पिटलकाे प्रशंसा गर्नुभयो । ती तल्लो तहका कर्मचारीको परिवारले त्याे छाउनी हस्पिटलमा तपाईले जस्तो सुविधा लिन कहिल्यै पाउँदैनन् महाेदय । सैनिक हस्पिटलकाे व्यवस्थापन नै ठिक छैन् । धेरै आश्रित परिवारले याे सैनिक हस्पिटलबाट सेवाकाे सट्टामा दुख पाएको छन् ।

डाक्टर, नर्सहरुकाे विरामीसङ्ग बाेल्ने तरिका पनि राम्रो छैन, झर्किफर्कि गर्छन्, राम्रो उपचारकाे त के आशा गर्नु । त्यही सेनााकाे छाउनी हस्पिटलमा झर्किफर्कि गर्ने डाक्टर मैले कयौं पटक निजी हस्पिटलमा भेट्दा फरक व्यवहार पाएकाे छु र तिनीहरुले गर्ने उपचारमा पनि फरक पाएकाे छु ।


 याे हस्पिटल नेपाली सेनाका ठूलावडा हाकिमहरूकाे लागि मात्रै हाे । तल्लो तह, दर्जाकाे उपचारका लागि  काम छैन ।  त्यसकारण याे दुनियाँ गरिबकाे छाेराछाेरीले शान्ति मिसनमा ज्यान मायाँ मारेर ल्याएको पैसा उपचार गर्ने देखि लिएर हरेक बाहना गरेर कटाउनु आवश्यक छैन । कि सबैलाई समानरुपले उपचार सुविधा देउ  हैन भने हस्पिटल खारेज गर ।


  नेपालमा नेपाली सेनामा जति मनपरी र ज्यादती कहीँ हुँदैन तर पनि नेपाल सरकार चुपचाप बस्छ । याे पत्र लेख्ने मान्छेले पद र पावरकाे भरमा आफूले राम्रो उपचार पाएँ भनेर खाेक्दैमा ती सारा तल्लो तहकाे सेना र परिवारले पनि उस्तै सुविधा पाउँछन् भनेर नखाेके हुन्छ ।
-Jayanti Basnet

 

   कर साब हजुरले भनेको सत्य हो, तर,  त्यहाँभित्रको असत्य चाहिं यो हो जुन एम आर आइ/ सिटी स्क्या मेसिन बाहिर सिभिलमा भन्दा छिटो बिग्रिन्छ त्यसैले कारण खोज्न आवश्यक छ । अर्को त्यहाँ इन्फेट्री र प्राविधिक दुई समूह छ ।

त्यसमा हाकिम नै दुबै समूहका छ्न जसको फाइदा ३ च( चोर, चलाख, चम्चे)ले लिएका हुन्छ्न् नकि अस्पताल एउटा ग्रुप दुइटा अब काम कार्बाही के हुन्छ् त भन्दा काममा नैरास्यताकाे रोग छ सैनिक  अस्पतालमा ।

अर्को अधिकृत लेभलमा नै प्रशस्त विशेषज्ञ डाक्टरले जागिर छाडेका छन् भने तल्लो जवानले कसरी जागिर खाइ रहेका छ्न भन्ने कुराको उत्तर चाहिं  उपरवाला दुई कमान्डर संग नै हुन्छ । त्यसैले नफ्री थपेर मात्र समस्या समाधान हुँदैन ।
-Ganesh Katwal


तपाईं त VIP भएर त्यति सुविधा प्राप्त भो । अरु तल्लो लेबलको उपचारमा  देख्नु भयाे, हेर्नु भो त बिजोक  अवस्था । उपचारमा भेंडा बाख्रालाई जस्तो व्यवहार गर्छन् । केहीको सुविधा छैन । दिन चेक गरेर सकिनीलाई १ हप्ता मानि सकिँदैन त्यहाँको टैलेट फोहोर छ खाने पानी छैन । आफ्नाे मान्छे हुनेले भित्र भित्रै छिटो चेक गर्छन् । तल्लाे तहकाे उपचारमा पुरै पक्षपात छ । टिकट काट्ने, कुपन मिसिन अफ गरेर राख्छन् । सि सि क्यामरा छैन । धेरै विकृति ब्यथिति समस्याको चाङ्ग छ । प्रधानसेनापतिको नजर परोस् ।   
-Thak Adhikari

 

विश्वमा कहीँ नभएको सुविधा  महासेनानी(अ.प्रा.) ओलीले पाउनु भएछ । म आजै गऐकाे थिएँ, टुवाइलेटकाे दुर्दशा, खानेपानी छैन ट्वाइलेटमा ताल्चा मारेर राखेकाे हुन्छ । यस्ताे हरि बिजाेग, म ४ नम्बरमा परेको थिएँ, मेराे पालाे आउँदा ४५ जनाले जचाएर गइसकेको थिए । एउटा अधिकृतलाई दिएकाे सुविधा,जवानले पनि पाउने भए नेपाली सेनामा कसकाे के बिग्रिन्थ्याे ? राेगकाे उपचार पनि सानाे दर्जा र ठूला दर्जा भन्ने भेदभाव विश्वमा कहीँ हुन्छ ?
-Krishna Prashad


वीरेन्द्र सैनिक अस्पतालमा भाैतिक रूपमा  बाहिर जति सफा छ  नि त्यत्ति  नै भित्र फोहोर छ । यो त सेनाका  अधिकृतहरुको लागि धेरै राम्रो छ । अरु तल्लाे दर्जा कालाई त सम्झिने पानी छम्किने मात्रै हो । सानाे दर्जाका विरामी त मरे पनि मराेस् भन्ने  महसुस गराउछन् ।
-Rajendra Shrestha


अधिकृतको लागि  महासेनानी(अ.प्रा.) ओलीले लेखेकाे याे आत्म कथा तलको दर्जाको लागि ठूलो व्यथा जुन बयान गर्नु सकिँदैन..त्यसैले सबै तलको दर्जा चुपचाप भुक्तमान भाेगिरहेछन् ।
-Np Shrestha

याे लिंक पढाैं

https://www.sanghunews.com/content/51775?fbclid=IwAR1i4nGEtc5YrYriTam8OVNrquHZ3z7qknIf80eDU1_vuwbUrTeh2VfYuyM

प्रतिकृया दिनुहोस