• शनिबार-बैशाख-१५-२०८१

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

 
बिराटनगर, असोज १३ गते । पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ बर्षीय भीम बहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन ।
 
 
हिजो असाेज १२ गते अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य पहाडी लोकमार्गमा को.४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जानकारी दिएकाे छ ।
 
 
सुनसरीको इटहरी उप-महानगरपालिका-१७ स्थित चतरा सडक खण्डमा को.२ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
 
ठक्कर दिने पिकअप र चालक संजीव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
 
 
प्रतिकृया दिनुहोस