• शुक्रबार-बैशाख-१४-२०८१

विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको निधनप्रति नेपालस्थित अमेरिकी दूतावासद्वारा दुःख व्यक्त

 

काठमाडौं । अमेरिकी पर्वतारोही तथा हिमाली स्की खेलकी किर्तिमानी खेलाडी हिलारी नेल्सनको निधनप्रति नेपालस्थित अमेरिकी दूतावासले दुःख व्यक्त गर्दै नेल्सनको साहस र उदाहरणीय कार्यहरूले सबैलाई प्रेरित गरीरहने बताएको छ ।

 

दूतावासले सामाजिक सञ्जालमार्फत नेल्सनको निधनप्रति दुःख व्यक्त गरेको हो । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी २०७९ असोज १२ गते बिहान मृत भेटिएकी थिइन्।

 

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । 

प्रतिकृया दिनुहोस