• शुक्रबार-बैशाख-७-२०८१

यी हुन् सयपत्री फूलका फाइदा

जब वर्षा ऋतु समाप्त भएर हेमन्त सुरु हुन्छ, तब नेपालमा सयपत्री फूलहरु जताततै देख्न पाइन्छ । नेपालको प्रमुख चाडपर्वहरु दशैं तथा तिहारमा सबैभन्दा बढी प्रयोगमा आउने फूलहरुमध्ये पर्छ सयपत्री । चाडपर्व, पूजाआजाबाहेक सयपत्री स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक छ । जानौं सयपत्री फूलका केही फाइदाहरु :

 
–सयपत्री फूलको पात र मरिच मिलाई पिसेर पानीसँग दैनिक पिउनाले पाइल्सको समस्याबाट बच्न सकिन्छ । 


–सयपत्री फूलको पातलाई पानीमा उमालेर पिसेर सुन्निएको तथा दुखेको भागमा लगाउँदा राहत पाउन सकिन्छ । 


–सयपत्रीको पात पिसेर बारुलाले टोकेको ठाउँमा लगाएमा बारुलाको विषले काम नगर्ने दाबी गरिन्छ । 


–सयपत्रीको पात उमालिएको तातो पानीले कुल्ला गर्ने हो भने दाँतको दुखाई कम हुने गर्दछ । 


–दाद आएको तथा चिलाएको शरीरका भागमा पनि सयपत्री फूलको रस लगाउनाले राहत पाउन सकिन्छ । 
 

प्रतिकृया दिनुहोस