• शुक्रबार-बैशाख-७-२०८१

प्रशिक्षक थापाले राजीनामा दिने घोषणा

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।

 

उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने ।


दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।न्युज कारखाना

प्रतिकृया दिनुहोस