• बिहीबार-बैशाख-२७-२०८१

धनुषा प्रहरीद्वारा विभिन्न मुद्दामा फरार पाँचजना पक्राउ

 


जनकपुरधाम, : धनुषा प्रहरीले २०७९ साउन १९ गते  विभिन्न मुद्दामा फरार पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा विगत दुई वर्षदेखि फरार धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुवा निवासी ६५ वर्षीया अमेरिका देवी पासवानलाई गरिएको छ ।

 

इलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट खटिएको प्रहरी टोलीले यदुकुवा बजारबाट पासवनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।

 

    यस्तै अपहरण शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दामा फरार धनुषाको धनौजी गाउँपालिका–४ निवासी १९ वर्षीय रोहित मण्डललाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट रु ५३ हजार जरिवाना सजाय पाएर फरार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ निवासी ५० वर्षीय मनोजकुमार सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ ।

 

    बैंकिङ कसुर मुद्दामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी ३७ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार झालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

 

    यसैगरी बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ निवासी ५४ वर्षीय काशिकान्त झालाई पक्राउ गरेको छ । प्रहरी चौकी बालुवा धनुषाबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद सजाय पाएर फरार झालाई जनकपुरधामस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ ।
–––

 

प्रतिकृया दिनुहोस