• बुधबार-बैशाख-२६-२०८१

आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादीले गर्छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने दाबी गरेका छन् ।


२०७९ साउन ६ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै आगामी संघ र प्रदेशको निर्वाचनमा  माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए । 


प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेतारकार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए । प्रचण्डले माओवादीकै जोडबलमा शुक्रबार संघीय संसद्‍बाट नागरिकताबारे निर्णय हुन लागेको बताए । 

प्रतिकृया दिनुहोस