• बिहीबार-चैत-१५-२०८०

थाहा पाउनुहोस् आजको राशिफल

बुधबार घर गृहस्थ र आर्थिक कारोबारका लागि राम्रो दिन
 


काठमाडौं, ४ साउन : ४ साउन २०७९, बुधबार । तद्नुसार जुलाई २० । श्रावणकृष्णपक्ष सप्तमी, बब करण, रेवती नक्षत्र, सुकर्मा योग, चन्द्रमा मीन राशिमा छ ।

 

आज बिहान सूर्योदय ५ः२० मा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आजका देवता इन्द्र र ग्रहदेव मंगल हुन् ।  बुधबार घर गृहस्थ र आर्थिक कारोबारका लागि राम्रो मानिन्छ । बुधबार ऋणको किस्ता दिनु लिनु पनि हुँदैन । आज बिहान ११ः४३ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्यका लागि राम्रो मानिन्छ ।

 

आजको राशिफल 


मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)


मेष राशिका जातकका लागि आजको दिन आकस्मिक अर्थ लाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछन् । आज नयाँ कामको थालनी समेत हुनेछ ।

 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)


आज मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घर गृहस्थबारे आफन्तसँग विवाद हुनसक्छ ।   

 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)


आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ ।  मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु बेस हुनेछ । मौन रहनु उत्तम हुनेछ ।  

 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)


आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै बेस हुनेछ । आफ्नो नियमित काम मात्र गर्नुहोला ।

 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)


आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईंले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ । 

 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)


मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नु होला । कुनै नयाँ काम शुरु गर्न खोज्दा  बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । कुमारी कन्यालाई भोजनको ब्यबस्था गरिदिनुहोला ।   

 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)


आजको दिन शुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।  

 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)


आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।  

 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)


व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएमा उन्नति र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउने छ ।  

 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)


सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नु छ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।  

 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)


कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफू बसेको स्थान नजिकको मठमन्दिर वा देवालयमा जानु उत्तम हुनेछ । अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्न सक्छन् । परिवारमा अनावश्यक विवाद पनि हुनसक्छ ।

 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)


सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । यात्राका लागि अवसर आउनसक्छ । तपार्इंले सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मानसम्मान मिल्नेछ । चन्द्रमाको साथ छ । आज सोचअनुसार काम हुनेछ ।   

न्युज कारखाना


 

प्रतिकृया दिनुहोस