हुण्डी कारोबारी नौ लाख पचास हजार रकमसहित पक्राउ
२०७९ जेठ ११ गते जिल्लाम प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज म.न.पा.वडा नं.१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको रातो कालो पल्सर मोटरसाईकल रोकी जाँच गर्दा स्राेत नखुलेकाे रकम बरामद गरेकाे छ ।
प्रहरीका अनुसार, मो.सा.चालक भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं.४ बस्ने वर्ष ४१ को संजय रामले हरियो प्लाष्टिकको झोलाभित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू.९,५०,०००।– (नौ लाख पचास हजार ) फेला परेको हाे ।
प्रहरीले उक्त मो.सा.र रकम बरामद गरी निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिकृया दिनुहोस