• शनिबार-बैशाख-१५-२०८१

भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि

 


चितवन : भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२ हजार २१२ मत पाएकी छन् ।

 

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन् । 

 

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८००६ मत पाएकी छन् ।

न्युज कारखाना

प्रतिकृया दिनुहोस