• बिहीबार-जेठ-५-२०७९

खोलामा डुबेर एक जनाको मृत्यु

हेटौंडा।हेटौंडामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर हेटौंडा १७, राईटोलका ५१ वर्षीय पूर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए ।

 

प्रतिकृया दिनुहोस