• बिहीबार-बैशाख-१३-२०८१

पूर्व प्रधानसेनापति थापाको अतिले हुने भयो खति !

 

पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले ३+१ कमाण्ड अवधारण ल्याए । दक्षिण महेन्द्र राजमार्ग केन्द्रित पृतनाहरुलाई मासेर उत्तरतर्फ पहाडतिर धकेली दिए,  यहाँसम्म कि बाग्लुङको बाहिनीलाई मुस्ताङ (चाईना सीमातर्फ) पु¥याए ।

यो व्यवस्थाले समग्र Chain of Command ध्वस्त बनाए । यो परिवर्तनले १०० जना बसिरहेको ठाउँमा ६/७ सय र ६/७ बसेको ठाउँमा १०० जना बस्नु पर्ने भयो यसले गर्दा कहिँ पालमा बस्नु पर्ने भयो कहि घरहरु खाली भएर मर्मत सम्भार गर्न गाह्रो । 


दरबन्दी मिलान गर्दा को मान्छे कहाँ पुग्ने, कुन युनिट मासिने, करिब ६ दर्जन गणका १५० जना दरबन्दी काटिदा ती सकल दर्जा कहाँ पुगिने भयो भने अन्यौल र अनिश्चतताले पुरै संस्थामा नैराश्यता पैदा ग¥यो ।

थापा चीफसाब अबकाशको २४ दिन पूर्व यो व्यवस्था गर्नुको अन्तनिहित विषय अर्कै रहेछ ।  यिनी आफ्नो म्याद तीन वर्ष थप्ने वा ईण्डियन आर्मीको जस्तो चिफ अफ डिफेन्स् स्टाफ (CDS) हुने आश्वासन र महवकांक्षा पूरा गर्न ल्याएको प्रष्ट भयो ।

यसको जटिल व्यवस्थापन लागू गर्न पूर्णचन्द्रले मात्र गर्न सक्छ भने भान् राजनैतिक नेतृत्वमा पारी आफ्नो अभीष्ट पूरा गर्नु थियो । यसको अर्काे प्र्माण हो यिनी प्र्हरीका आईजीपीलाई पदोन्नति हुँदा प्रहरी प्रधान कार्यालय जानु ।

परम्परा तोडेर जुनियरलाई उसैको कार्यालयमा गएर बधाई दिनुको एउटै कुटिल चाल थियो । CDS हुनलाई प्रहरीको सहयोग र समर्थन लिनु । किनकि CDS भनेको देशको चार ओटै सुरक्षा निकायको प्रमुख हुनु हो ।

उनको यो कुन्सित मनसाय र उद्देश्य धेरै कमलाई मात्र थाहा थियो । तर, उनको यो आकांक्षा त्यस बेला तुहियो जब सरकार अकास्तमात परिवर्तन भयो । योभन्दा संगठनको दुर्भाग्य के हुन सक्छ । 


लामो समयको अध्ययन पश्चात स्थापना भएका पृतनाहरुको अवधारणा साह्रै व्यवहारिक र औचित्वपूर्ण थियो । राजनैतिक प्रणाली र प्रशासनिक विभाजन अनुरुप पृतनाको तैनाथीले सिभिल सुपरमेसीलाई अंगिकार गर्दै नागरिक, स्थानीय÷प्रदेश सरकार, प्रशासन र सेना बिचको सहकारी कायम गर्न अत्यन्त सफल र प्रभावकारी थियो । ७ जना विशिष्ट तहका पृतनापतिहरु ७ ओटै प्रदेशमा थिए । यस्तो अब्बल संरचना भत्काएर यिनले सेनाको चेन अफ कमाण्ड र समग्र संगठनलाई नै ध्वस्त बनाए । 


सेनामा बाध्यता र आवश्यकता स्वरुप लागू गरिएको अधिकृतको Fast Track   प्रमोशनमा २/३ बेसिकमा अधिकृतहरु बिच प्रतिस्पर्धा गराईन्थ्यो र यो एक किसिमको प्रथा नै बनिसकेको थिए । जुन अन्य देशको सेनाको मोडललाई समेत आधार मानेर गरिएको थियो । र, सम्बन्धित अधिकृतहरुले चित्त बुझाएकै थिए । तर, यी चमत्कारी चीफले संसारको कुनै पनि सेनामा नभएको अभ्यास स्वरुप ८/९ बेसिकलाई एकै पटक भिडाउने प्रथा सुरु गरे ।

सोझा प्रवृत्तिका पूर्व सेनापतिलाई प्रभावमा पारी आफू ३ तारे हुँदा देखिनै सुरु गर्न सफल भए  यसबाट सेनाको सम्पूर्ण चेनअफ कमाण्डलाई युगान्त युगान्तसम्म सच्चाउन नसकिने गरी वर्वाद तुल्याए ।

 

यसको नतिजा क्रमशः देखिन थालेको र भविष्यमा झन भयावह हुँदै जाने छ । जब ३६-३७ बेसिकको सेनापति हुँदा PSOZ जनरल ३०/३२ बेसिकका हुनेछन् । यो परिकल्पना गर्दा पनि सैनिक संगठन कस्तो होला भन्ने अनुमान गर्न सकिन्न । यिनले यो कार्य आफ्ना आफन्तलाई चिफको रोलक्रममा ल्याउने त तत्कालीन उद्देश्य होला तर यसले दीर्घकालीन रुपमा नेपाली सेना कमजोर बनाउन चालिएको यो कदम, कसको स्वार्थ पूरा गर्न गरिएको थियो अथवा आफ्नो निजी स्वार्थ प्राप्तिका लागि गरिएको हो त्यो बिस्तारै खुल्दै जाने छ वा पूर्णचन्द्र थापालाई नै थाहा होला । 


 आफू चर्चामा आउन डाक्टर सुरेन्द्र रावल जस्ता सेनाको अब्बल होनाहार तथा क्रिम अधिकृतलाई कारबाही गरी आफ्ना नातेदारलाई पदोन्नतिको सुनिश्चितता गर्न बरखास्ती गरेर यिनले ठूलो अन्याय गरे । अहिले न्याउरी मारे पछुतो भएको होला ।


तत्कालीन चीफ थापाले जवान केन्द्रित योजना भनेर भान्छा, शान्ति सेनाको पद्धतिमा सुधार गरेको भनेर तल्लो दर्जाको मन जित्न निकै प्रचारवाजी गरे । जुन समय अनुुसार हुने क्रमिक सुधार हो, जो चीफ भएपनि गर्नै पर्दथ्यो । तर सुनिन्छ, संगठन, शान्ति सेना कार्यालयलगायतमा आफ्ना नातेदार राखेर भित्रभित्रै आफ्ना मानिसलाई शान्ति सेना तथा राम्रो ठाउँमा व्यापक सरुवा गराए ।

पूर्व चीफ थापाले १६ वर्षमा पेन्सन पाक्ने भएपनि २० वर्ष पछि मात्र पेन्सन रकम पाउने भएबाट ४ वर्षसम्म बेरोजगार भएर बस्नु पर्ने पीडा बुझ्दै गएपछि यो कार्य पनि सस्तो लोकप्रियताका लागिमात्र रहेछ भन्ने तल्लो दर्जाले समेत बुझ्न थालेका छन् । पूर्व चीफ थापाले राशनमा सुधार गरेको नाटक पनि गरे । 


जो भए पनि गर्नै पर्दथ्यो । जस्तो पहिला उसिना चामल, मोटा चामल हुँदै जिरा मसिना भएको छ । दाउराबाट मट्टितेलको चुल्हो हुँदै विगत केही वर्ष यता ग्यास प्रयोगमा छ, अब भोलिका दिनमा बिजुलीको प्रयोग होला । यो त समय अनुसारको सुधार हो । तर उनले यसलाई यती प्रचारप्रसार गरेकि मानौं यो कसैले नसकेको महान कार्य हो ।

सुविधा भनेको त अहिलेका प्रधानसेनापतिले घर बनाउन ३/४ प्रतिशत ब्याजमा २५ लाख दिने जस्तो संगठनका हिताधिकारीको वास्तविक÷दीर्घकालीन कल्याणकारी कार्य हो, जुन पूर्णचन्द्र आफै त्यसै कल्याणकारीबाट आएको भए पनि सबैको हितको लागी कुनै उत्कृष्ट कार्य गरेनन् । मात्र आफ्नो व्यक्तिगत हित र सस्तो प्रचार प्रसार मात्र गरिरहे भन्ने महससुस हामीले गरेका छौं ।

–नेपाली सेनाको भलो चाहने अधिकृतहरु

प्रतिकृया दिनुहोस