• शुक्रबार-बैशाख-७-२०८१

के फेसबुकको पतन सुरु भएको हो ?

 

काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक गत शुक्रबार १८ वर्षको भयो । यसको स्थापना ४ फेबु्रअरी २००४ मा भएको थियो । यो कम्पनीको १८ वर्षको इतिहासमा पहिलोपटक यसका युजर्स संख्या घटेको हो । फेसबुकको प्यारेन्ट कम्पनी मेटा नेटवक्र्स ९पहिला यसलाई फेसबुकको नामबाट चिनिन्थ्यो०ले २०२१ को अन्तिम त्रैमासिकमा यसका एक्टिभ युजर्स १९३ करोडबाट घटेर १९२।९ करोड भएको जानकारी दिएको छ । तथापि, फेसबुकका कुल युजर्सको संख्यामा १० लाख गिरावट आउनु खासै ठूलो कुरा होइन । मुख्य कुरा त के हो भने, पछिल्ला १८ वर्षमा पहिलोपटक यसका प्रयोगकर्ता घट्न थालेका छन् ।

 

युजर्सको संख्या घटेको असर यसको सेयरमा पर्न गएको छ । अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा गत बिहीबार मेटा नेटवक्र्सको सेयरमा करिब २७ प्रतिशत गिरावट आएको छ । यसबाट कम्पनीको बजारमूल्य करिब २३७ अर्ब डलर घटेको छ । अमेरिकामा अहिलेसम्म एकैदिन कुनै पनि कम्पनीको सेयरमूल्य यति धेरै घटेको छैन ।

 

किन घट्यो सेयरमूल्य ?

मेटाका सीईओ मार्क जुकरबर्गका अनुसार, खासगरी युवा प्रयोगकर्ता टिकटक र युट्युबतर्फ आकर्षित हुन थालेकाले कम्पनीको सेल्स ग्रोथमा असर परेको हो । साथै, यसका विज्ञापनदाता पनि निरन्तर लगानीमा कटौती गरिरहेका छन् ।

 

कम्पनीका मुख्य वित्तीय अधिकारी डेव वेनर भन्छन्, ‘प्रतिस्पर्धी सेवामा आएको वृद्धिको नकारात्मक असर हामीमा पर्न थालेको छ । यस्तो अवस्था खासगरी युवा दर्शकमा परेको देखिन्छ ।’ गत वर्ष अक्टोबरमा फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर मेटा राखेको थियो । जुकरबर्ग अब मेटावर्स टेक्नोलोजीको विकासमा केन्द्रित हुन चाहिरहेका छन् ।

 

जल्दोबल्दो टिकटक

गुगलपछि संसारमा सबैभन्दा ठूलो एड्भर्टाइजिङ प्लेटफर्म मेटाले एपलको अपरेटिङ सिस्टमको प्राइभेसी सेटिङ्समा परिवर्तनको असर अहिले परेको हो । वेनर भन्छन्, ‘यो परिवर्तनबाट अब कुनै पनि ब्रान्डका लागि फेसबुक र इन्स्टाग्रामका युजर्ससम्म आफ्नो विज्ञापन पु¥याउनु र त्यसपछि संख्या पत्ता लगाउनु निकै कठिन काम बनेको छ ।’ उनका अनुसार यसबाट यो वर्ष करिब १० अर्ब डलरको अर्डर प्रभावित हुन सक्नेछ ।

 

मुख्यतः विज्ञापनको बिक्रीबाट मेटाको आय वृद्धि भएर ३३.६७ अर्ब डलर पुगेको छ । यो रकम अपेक्षाभन्दा केही बढी नै हो । कम्पनीले मौजुदा त्रैमासिकमा उसको राजस्व २७ देखि २९ अर्ब डलरको बीचमा रहन सक्ने जनाएको छ, यो अनुमानभन्दा कम हो ।

 

उता, टिकटकले सेप्टेम्बरमा भनेको थियो कि, उसका कुल एक्टिभ युजर्स सय करोड पुगेका छन् । सानासाना भिडियोका लागि तयार पारिएको यो वेबसाइट चीनको बाइटडान्स कम्पनीको हो । सोसल नेटवर्किङ वेबसाइटको कुरा गर्दा, टिकटकका युजर्सको वृद्धिदर शानदार रहेको देखिन्छ । आजभन्दा चार वर्षअघि जनवरी २०१८ मा टिकटकका युजर्स ५।५ करोड थिए । एकै वर्षपछि युजर्स बढेर करिब २७ करोड पुगे र अर्को एक वर्षमा त यो संख्या ५०.७ करोडसम्म पुग्यो । 

 

टिकटकको बढ्दो प्रसिद्धिसँग प्रतिस्पर्धा गर्न अहिले फेसबुक र उसको सहयोगी प्लेटफर्म इन्स्टाग्रामले पनि सानासाना भिडियो बनाउने कार्यमा लगानी गर्न थालेका छन् । भिडियो बनाउनु र भर्चुअल रियालिटीको विकासमा ध्यान दिनाले सकारात्मक नतिजा मिल्ने जुकरबर्गको विश्वास छ ।


तर जुकरबर्गले आफ्नो कम्पनी टिकटकसँग प्रतिस्पर्धा गर्न इच्छुक नरहेको बताएका छन् । उनले आफ्नो कम्पनीका कामदार शानदार ढंगमा अघि बढिरहेको र प्रोडक्टमा तीव्र गतिमा परिवर्तन आइरहेको बताए ।जुकरबर्गको विश्वास र उस्तैखालका प्रोडक्टसँग आफ्नो कुनै प्रतिस्पर्धा नरहेको उनले बताए पनि फेसबुक अब पहिलो जस्तो लोकप्रिय नरहेको कतिपय प्रविधि विश्लेषकको भनाइ छ । पहिला पनि कम्पनीको युरोप र अमेरिकामा विकास गति सुस्त भएको थियो, तर अन्यत्र युजर्स बढ्दै गएका कारण त्यसमा ध्यान दिइएको थिएन ।

 

अब त मेटाले नै टिकटकका कारण आफ्नो कारोबारमा फरक परिरहेको स्वीकारेको छ । अर्को कारण लगानीकर्ताहरू मेटाको विषयमा पनि उत्तिकै चिन्तित छन् । मेटावर्समा केन्द्रित हुन आफ्नो नाम नै परिवर्तन गरियो, तर यसको विकास हुन अझै लामो यात्रा गर्नुपर्नेछ । केवल जुकरबर्ग र प्रविधि विकासका लागि अर्बौं डलर लगानी गर्ने निर्णयमा पुग्नु खतरनाक पनि हुन सक्ने कतिपयको मूल्यांकन छ । मेटाको समस्या समाधानको एउटै उपाय उसले टिकटक खरिद गर्नु रहेको बताउने विश्लेषक पनि उत्तिकै छन् । तर अमेरिकाको कम्पिटिसन ल र नियमनकारी निकायले यसो गर्न दिने छैन ।

 

अब त सिलिकन भ्यालीका कतिपय मानिस फेसबुकलाई विषालु ब्रान्ड मान्न थालेका छन् । अब फेसबुकमा काम गर्नु पहिलाको जस्तो नरहेको उनीहरूको भनाइ छ । त्यहाँ क्षमतावान् मानिसको प्रवेश र टिकाइ नै कठिन हुन थालेको छ । हुन सक्छ, आगामी दिनमा मेटाले थप खतरनाक अवस्थाको सामना गर्नुपर्नेछ । अहिले त केवल उसको कठिनाइ आरम्भ भएको छ ।
 

प्रतिकृया दिनुहोस