मन्त्रालय र मानव अधिकार आयोग रित्तै अतिरिक्तमा चार सचिव !
काठमाडौं । दुई महत्वपूर्ण मन्त्रालय मध्ये अर्थमा सचिव तय भएपछि अब गृहमा सचिवको खोजी सुरु भएको छ । अर्थका राजस्वतर्फका सचिवको अवकाश हुने र गृहमा लाइन मिल्ने सचिव नभएपछि उपयुक्त अनुहारको खोजी थालिएको हो ।
अर्थ मन्त्रालयको अर्थ सचिवमा मधुकुमार मरासिनीको सरुवा भएको छ । अर्थ/ राजस्व सचिव रामशरण पुडासैनी उमेर हदका कारण २०७८ साउन २४ गते अनिवार्य अवकाश हुन लागेपछि राजश्वमा पनि नयाँ सचिवको खोजी सुरु भएको हाे । १ वर्षअघि सचिवमा बढुवा भएका नेपालको अर्थ कूटनीतिमा दक्ष मानिएका मरासिनी महालेखा नियन्त्रकका रूपमा कार्यरत थिए ।
निजामती सेवाबाट विदा हुन लागेका अर्थ/राजश्व सचिव पुडासैनीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले जातेजाते राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउने निर्णय गरेको थियो । पूर्ववर्ती सरकारका निर्णय उल्ट्याउन गइरहेको देउवा नेतृत्वको संयुक्त सरकारले यसबारे गरेको निर्णयलाई पनि चासोपूर्वक हेरिएको स्रोत बताउछ ।
केवल भण्डारी, लक्ष्मण अर्याल र रामकृष्ण सुवेदीलगायत मध्येबाट अर्थ सचिव बनाउन कतिपयले सुझाव दिए पनि अर्थमन्त्री जनार्दन शर्माले विवादरहित व्यक्तित्व मधुकुमार मरासिनीलाई अर्थ सचिव रोजेर राम्रो काम गरेका छन् । अब अर्थ अन्तरगतका विभागका डीजी र मन्त्रालयका सहसचिवहरुको पनि हेराफेरी हुने बताइन्छ ।
पूर्ववर्ती सरकारको पालामा गृह सचिव बनेका महेश्वर न्यौपानेलाई पनि छिट्टै त्यहाँको जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरिएको चर्चा छ । न्यौपानेको स्थानमा गृहको लामो अनुभव भएका पर्यटन मन्त्रालयका सचिव यादव कोइराला, एक नारायण अर्याल, टेक नारायण पाण्डेदेखि बैकुण्ठ अर्याललगायतको नाम अहिले चर्चामा छ ।
कनिष्ठ सचिव भएपनि हिजो कट्टर एमाले भएर मालदार ठाउँहरुमा पदस्थापना हुँदै आएका एक नारायण अर्याल अहिले गृह मन्त्री बालकृष्ण खाँडलगायत कांग्रेसका नेताहरुका घरका चोटाकोठा धाएर गृह सचिव बन्न सोर्सफोर्स लगाइरहेको उनी निकट स्रोत बताउछ ।
मन्त्रिपरिषदको विस्तारका साथै नेपाल सरकारको विशिष्ट श्रेणी ७५ जना मध्ये कतिपयको सरुवाको सम्भावना रहेको छ । रक्षा, सञ्चार र राष्ट्रिय मानव अधिकार आयोगमा सचिव पद रिक्त रहेको छ भने अतिरिक्त समूहमा शिशिर ढुंगाना, लक्षमण अर्याल, कृष्णहरि पुष्कर कर्ण, खगेन्द्र प्रसाद नेपाल, किरणराज शर्मा र रामप्रसाद घिमिरे रहेका छन् ।
सचिवका साथै सहसचिव र अन्य तहका कर्मचारीको पनि व्यापक हेरफेर गर्ने तयारी नयाँ सरकारले गरेको खबर छ । हालै सचिवमा बढुवा भएका कांग्रेसका उपसभापति विमलेन्द्र निधिको सोर्समा कृष्णहरि पुष्कर कर्णलगायतले महत्त्वपूर्ण जिम्मेवारी पाउने सम्भावना छ ।
सञ्चारका हरि बस्यालको पनि अवकास भएकाले रक्षा मन्त्रालयदेखि सञ्चार र मानव अधिकार आयोगसम्मका निकायमा सचिव रिक्त रहेकाले यी निकायमा पनि सचिवको जिम्मेवारी नतोकिएकाले आर्थिक वर्षको सुरुमै तय गर्नुपर्ने कतिपय योजना र कार्यक्रमका फाइलहरु अलपत्र अवस्था रहेको खबर छ ।

प्रतिकृया दिनुहोस