• शुक्रबार-बैशाख-१४-२०८१

ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ


झापा, श्रावण-१५ गते । झापा मेचिनगर नगरपालिका - ९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका - १ वस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जानकारी दिएकाे छ।


प्रहरीका अनुसार, हिजो दिनको साढे ३ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अबस्थामा फेला पक्राउ गरेकाे हाे । 

 प्रहरीले खानतलासी गर्दा झोला भित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली रु. २ लाख ५१ हजार फेला पारे पश्चात उनीहरुले प्रयोग गरेको मे.४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

प्रतिकृया दिनुहोस