• बिहीबार-चैत-१५-२०८०

अर्थात जेमन्त : शरदराज गौतम

लाज र घिन नेपाली समाजमा प्रचलित, तर
बहुधा सामाजिक सभ्यतालाई छाँटिएको बनाउने पदावली हुन ।
कम्युनिष्ट घोषणापत्रमा यसको खोजिगरिनु हुन्न ।
र, नेपालको कम्युनिष्टको सन्दर्भमा यो, जायज पनि होइन ।
कम्युनिष्ट आन्दोलनको गर्बिलो भाष्य त ‘गद्दार’ हो ।
यसको उद्घोषले मात्रै सच्चा र क्रान्तिकारी कम्युनिष्टको तमास बन्छ ।
पछिल्लो पटक बालुवाटारबाट अपदस्थ भए पछि गरिएको बार्दली सम्बोधन
मेरो विचारमा,
नेपाली कम्युनिष्ट आन्दोलनको भाष्य अनुग्रहित बनाउने औजार भएको छ ।
यो, मुलुकको कम्युनिष्ट आन्दोलनकोमहत्वपूर्ण टर्निङ प्वाइन्ट हो ।
यसले समग्रको कम्युनिष्ट आन्दोलनको सिंहावलोकन मात्र हा्ेइन,
भबिष्यको दिशानिर्देश समेत गर्न भ्याएको छ ।
नेपालमा छयालिस साल पछि जन्मेको सिंगाने बुद्धिजीवीहरूको एउटा जमात छ ।
 तिनलाई बार्दली सम्बोधन आन्दोलनको महान छलाड्ड लाग्छ, त्यो बेग्लै हो ।
कम्युनिष्ट पार्टीमा दो’टा पुस्तक पढ्ने नयाँ पुस्ताका जमात भने 
गद्दारको लाइनमा को कहाँ उभ्भिन पुगेका छन,हेरि बस्छ ।
तिनलाई पटक्कै गाह्रो छैन, बुझ्न ।
ख्रुच्छेभ स्टालिनको  किन सार्वजनिक निन्दा गर्दथे भनेर ।
नेपालमा क्म्युनिष्ट म्यान्फेस्टो अनुवाद गर्नेलाई गद्दार भन्नेहरू कुन भित्तामा फोटु भएका
छन् ।
कम्युनिष्टहरू भनेको चाहे त्यो साम्यवादीको चोलाका हुन, कि जनवादी चोलाका ।
ती पन्थहरूमा टुक्राटुक्रा ग्रन्थी बोकि बाँच्छन् ।
नेपालका सिंगाने बुद्धिजीवीहरूलाई लाग्छ
कम्युनिष्ट भनेको विचारधारा हो।
विचार समूह ।
बार्दली बयान पश्चात एमालेको पछिल्लो चोला पनि उध्रियो ।
यसले कानुनको सर्वोच्चता मात्रै होइन लोकतन्त्रको मखुण्डो पनि फुकाली दियो ।
ढुड्डा हिर्काउन नपाएर, तिनलाई कम्ता सास्ती भा’छ्ैन ।
ती अबका दिनमा चिहान उधिन्न थाल्नेछन ।
र, कम्युनिष्ट आन्दोलनको ‘ताराको पुच्छर’ निकाल्ने कोसिस गर्ने छन ।
पूर्वतिर एकताका चिहानबाट सडे गलेको अस्थिपञ्जरमा अड्किएर बसेका
औंठी र फुली निकाल्ने बन्दोबस्तलाई ‘ताराको पुच्छ’ निकाल्ने भन्थे ।
बार्दली बखान त्यतिञ्जेल बुझिन्न,
जतिञ्जेल कम्युनिष्ट पार्टी बन्न चाहिने कपट, लोभ र परपीडनको ग्रन्थी बुझ्न सकिन्न ।
लोभी, पापी, कपटी र परपीडकहरूकोपंथ हो, पार्टी कमिटी ।
कम्युनिष्टहरूको लोभ र पापको माखे साङ्गलो न भेटिउञ्जेल
नेपाली कम्युनिष्टहरूको भेउ पाउनै सकिन्न । 
मेले त्यसैले बार्दली बयानले
कम्युनिष्टहरूको मूलभूत चरित्रमाथिबहस शुरु गरेको छ, भनेको ।
धोएर गाई हुने भए खच्चडहरूको जुनि यो धर्तीबाट उहिल्यै सकिन्थ्यो ।
खच्चडहरू पहाडतिर असाध्यै भरपर्दो जनावर हुन ।
एमालेहरू त्यतिसम्म भरपर्दो हुन सकेनन् । 
किनकि बार्दली चढे पछि, कम्युनिष्टहरू पटाड्डिनीमा रहने कमरेडहरूलाई
गद्दार मात्रै देख्छन ।

 

प्रतिकृया दिनुहोस