• शनिबार-बैशाख-८-२०८१

इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु 


इराकको राजधानी बग्दादमा बम विस्फोट हुँदा कम्तीको २५ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते छन् । 


उत्तरी साड सहरमा विस्फोट भएको हो । मुस्लिम पर्व इदको तयारीमा सर्वसाधारण लागिपरेका बेला विस्फोट भएको बीबीसीले जनाएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् । 


विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । 

 

इराकमा पछिल्लो ६ महिनामा भएको यो सबैभन्दा घातक विस्फोट हो । गत अप्रिलमा कार बम हमलामा चार जनाको मृत्यु भएको थियो । 
 

प्रतिकृया दिनुहोस