• बुधबार-बैशाख-१२-२०८१

शौचालय जान नपाउने वैवाहिक रिवाज

 

विवाहका रीतिरिवाज विभिन्न स्थान तथा मुलुकहरूमा फरक फरक हुने गर्दछ । विवाहले मानव जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । हाम्रो मुलुकमा पनि विवाहका विभिन्न संस्कृति र रीतिरिवाजहरू रहेका छन् । यस्तै अन्य मुलुकहरू पनि रहेका छन् । कुनै कुनै मुलुकमा विचित्रको रीतिरिवाज प्रचलनमा छ । एसियाली मुलुक इन्डोनेसियाको टिडोन्ग नामको समुदायमा विवाह भएको ३ दिनसम्म बेहुला–बेहुली शौचालय जान नपाउने परम्परा रहेको छ ।

 

यो परम्परालाई टिडोन्ग समुदायले महत्वपूर्ण रुपमा लिने गर्दछ । यस समुदायमा विवाहलाई एकदमै पवित्र कार्य मानिन्छ । यदि वर–वधु शौचालय जान्छन् भने पवित्रता भंग हुने वा अशुद्ध हुने मान्यता रहेको छ । यसलाई भावी जीवनमा अपसगुन मानिन्छ । त्यसैले तीन दिनसम्म बेहुला बेहुलीलाई समस्या नहोस् भनेर कम खाना खान दिने, कम पानी पिउन दिने तथा अन्य कुरामा ध्यान दिइन्छ । 
 

प्रतिकृया दिनुहोस