• मंगलबार-बैशाख-११-२०८१

वर्षामा यी चिज सामेल गरौं भोजनमा

 

वर्षाको मौसममा रुघाखोकी, फ्लुलगायतका विभिन्न शारीरिक समस्याले सताउन सक्छ । यदि आफ्नो भोजन पोषणयुक्त बनाउन सकिएमा प्रतिरक्ष प्रणाली बलियो बनाई स्वास्थ्य राम्रो राख्न मद्दत गर्दछ । 


दुध–बेसार : वर्षाको मौसममा बेसार हालेको दुध पिउनु फाइदाजनक हुन्छ । यसमा एन्टीभाइरल, एन्टीफगंल, जीवाणुरोधी, एन्टी माइक्रोबियल तथा एन्टी इन्फ्लामेटोरी गुण हुने गर्दछ । यसले भाइरल संक्रमणबाट लडेर रोगबाट बचाउन मद्दत गर्दछ । 


कागती पानी : कागतीका अनेक फाइदा छन् । आयुर्वेदमा यसको एकदमै प्रयोग हुने गर्दछ । यो भिटामिन सीको राम्रो स्रोत हो, जसले प्रतिरक्षा बढाउन र मजबुत बनाउन मद्दत गर्दछ । दैनिक कागती पानी पिउनाले शरीरमा एकदमै राहत हुन्छ ।


बदामहरू : नट्स तथा ड्राई फ्रुट्स, खजुर, बदाम तथा ओखर यो मौसमका लागि एकदमै लाभदायी हुन्छ । यसमा भिटामिन सी तथा राम्रो खनिजको मात्रा हुने गर्दछ । यसले प्रतिरक्षा बलियो बनाउनुका सार्थ रोगको खतरा कम गर्न मद्दत गर्दछ । 


लसुन : लसुन प्राकृतिक एन्टीबायोटिक हो । यसलाई वर्षा मौसममा रुघाखोकीको उपचारको लागि प्रभावकारी मानिन्छ । लसुनले शरीरमा रोगबाट लड्ने क्षमताको विकास गर्दछ । 


अदुवा : अदुवामा पनि लसुनको जस्तै औषधीय गुण् हुने गर्दछ । यसले प्रतिरक्षा प्रणली राम्रो बनाई रुघाखोकी हुन दिँदैन । यसले हृदयको स्वास्थ्य पनि राम्रो बनाउँदछ । त्यसैगरी अदुवा मधुमेह रोगमा पनि एकदमै फाइदाजनक रहन्छ । (एजेन्सी) 
 

प्रतिकृया दिनुहोस