• सोमबार-मङ्सिर-१०-२०८१

चिफ सा'ब ! वीरेन्द्र सैनिक अस्पतालका नर्सहरूकाे व्यथा सुन्नुस् त

 

श्री सम्पादकज्यू


साँघु न्यूज डटकम


संसार भर फैलिरहेको कोरोना महामारीमा  हामी नेपाली सेनाद्वारा सञ्चालित श्री वीरेन्द्र सैनिक अस्पतालका नर्सिङलगायतका स्वास्थ्यकर्मीहरु दि रात नभनी काेभिडका विरामीको अहोरात्र सेवामा खटिएका छौं । तर पनि आज हामीलाई चित्त दुखेर केही कुरा साँघु न्यूज डटकममार्फत भन्न मन लागेको छ ।  घर परिवार नभनी २४ सै घण्टा पि पि लगाएर ज्यानकाे बाजी थापेर काम गर्दा पनि हामीलाई जस दिने कोही  छैनन् । खाली हामीले  गरेको काम भएन भनेर गाली गर्नेको मात्र टोली छन । हुँदा हुँदा नयाँ रजिस्ट्रार जर्साब आएर त स्याबासीको सट्टामा २ पन्ना लामो नसियत सरहको घो पेच पो पाइयो ।

 

काम गर्दा सुवेदार र जुनिएर अफिसर मात्र खटिनु पर्ने अनि जोखिम भत्ता लिन भने पहिले कर्साब र जर्साबहरूको नाम मात्रै पठाउने ?! कैयाैं स्वास्थ्यकर्मी दिदी बहिनी यही कोरोनाको ड्युटी गर्दा पोजिटिव भएर विरामी पनि परियो । तर हामीमा उचित आइसोलेसन र खानपिनको अभाब खट्की रह्यो ।

 

  आज यस कोरोना महामारीको कारण विभिन्न अस्प्तालमा ज्यान गुमाउनेको संख्या धेरै छन जुन अवश्य पनि दु:ख लाग्दो कुरा हो । तर यस सैनिक अस्पतालमा भएको विरामीको मृत्युको कारण के हामीले गर्दा नै हो र हाकिम साबहरु ? ५०-५० बेडमा २-३ जना नर्सले मात्रै जाेखिम माेलेर सेवा दिंदा  पनि  हामीमाथि नै अन्याय ।


   सकिनसकी काम गर्दा खोइ त त्यसको जस ? आज हामीलाई भाइटल लिएन्, अक्सिजन दिएन भन्न पाइन्छ ? वार्डमा अक्सिजनको सप्लाई कम भएको भईनै छ भनेर कति पल्ट ड्युटीको डाक्टर साबहरुलाई हामीले भनेकै हो । तर उहाँ पनि हामी पनि बिवस छौं मात्र भन्नु हुन्छ । बेड अनुसारको नर्सिङ रेसिओ खै मिलाएको ?  यस्ताे जाेखिमकाे समयमा आवश्यकता अनुसार नेपाली सेनाले खै  त करारमा थप नर्सिङ जनशक्ति लिएको ?

 

काम गर्दा सुवेदार र जुनिएर अफिसर मात्र खटिनु पर्ने अनि जोखिम भत्ता लिन भने पहिले कर्साब र जर्साबहरूको नाम मात्रै पठाउने ?! कैयाैं स्वास्थ्यकर्मी दिदी बहिनी यही कोरोनाको ड्युटी गर्दा पोजिटिव भएर विरामी पनि परियो । तर हामीमा उचित आइसोलेसन र खानपिनको अभाब खट्की रह्यो । अहिले  ड्युटी गर्दा पनि हामीलाई बस्ने र खाने राम्रो ब्यबस्थापन भएको छैन ।


  हामी भ्याक्सिन ड्युटी खटिदा पूर्व रजिस्ट्रार जर्साबको ठाडो आदेशमा कैयाैं गैरसैनिक ब्यक्तिलाई पनि भ्याक्सिन लगाइ दियौं तर आज हाम्रो बाबा आमा र श्रीमानलाई सुइ लगाउन खोज्दा सिइयो सरले हप्कीदप्की गर्दा हामीलाई साह्रै चित्त दुखेको छ । एउटा स्वास्थ्यकर्मीको परिवारको सुरक्षाको जिम्मा यही अस्पतालको नै हैन र ?


   नचाहँदा नचाहँदै हामीले यसरी पत्रिकामार्फत गुनासो पोखेकोमा माफी चाहन्छौं । तर यस वीरेन्द्र सैनिक अस्पतालमा सिलसिलेवार कुरा राख्दा कैले पनि हाम्रो सुनुवाइ भएन । लाग्छ यस अस्पतालमा सुबिधा पाउन त महा सेनानी वा जर्नेल नै हुनु पर्ने रहेछ । जुन धेरै जसो हामी कहिले हुन सक्ने पनि हैन । तर यस विपद र महामारीको बेलामा हाम्रो कामको सह्रना गरियोस् भनेर हामी प्रधानसेनापति पूर्णचन्द्र थापाज्यू समक्ष निवेदन गर्दछाैं ।

ज्यान हत्केलामा राखेर, घरपरिवार नभनी नर्सिंग सेवामा खटिएका हामी इमानदारीपूर्वक काम गर्नेले उचित पुरस्कार पाओस नकी चाकडी गर्नेले मात्रै ! हामी सदा विरामीको उपचारमा खटेर काम गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

 

पीडित समस्त नर्सिङ परिवार, वीरेन्द्र सैनिक अस्पताल, छाउनी 

प्रतिकृया दिनुहोस