• मंगलबार-असार-१७-२०८२

जापानको नागोयामा नेपाली समुदायबीच फुटबल खेल सञ्चालन हुने

 

नागोया । जापानमा एफसी धरान नागोयाको आयोजनामा सेभेन ए साइड फुटबल रनिङ कप२०२१ आयोजना हुने भएको छ । कोरोना सतर्कता अपनाउँदै आगामी २०२१ जुलाई ११ आइतबारका दिन नागोयाको टोयोटास्थित हिगासीकोसासा कोसिदोचोमा उक्त फुटबल कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक सविन राईले बताए । यस फुटबल खेलमा जापानभर रहेका नेपाली समुदायले भाग लिन पाउनेछन् । 

 


फुटबल खेलको माध्यमबाट जापानमा रहेका नेपालीहरुबीच अपनत्व महसुस गराउने र भाइचारा बढाउने उद्देश्यका साथ फुटबल खेल आयोजना गर्न लागिएको संयोजक राई बताउँछन् । अहिले विश्वभर कोभिड–१९ को महामारी फैलिरहेको बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलहरु पनि धमाधम स्थगित भएको अवस्थामा एफसी धरान नागोयाले भने कोभिडको सतर्कता अपनाउँदै खेल सञ्चालन गर्न लागेको हो । 


खेलको विजेताले उपाधिका रुपमा २ लाख ५२ हजार ५ सय २५ येन प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५१ हजार ५ सय १५ येन प्राप्त गर्नेछ । उक्त खेललाई गोलनेपाल डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ । 
 

प्रतिकृया दिनुहोस