• शनिबार-बैशाख-१५-२०८१

७ मन्त्री र १ राज्यमन्त्रीको सिंहदरबार प्रवेश साइत आजै

 

काठमाडौं । आफू नेतृत्वमा राष्ट्रिय सरकार गठनको गृहकार्यमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलले प्रस्ताव अस्वीकार गरेपछि जनता समाजवादी पार्टीको महन्थ ठाकुर र एमालेको आफ्नै समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । 

 


नवनियुक्त मन्त्रीलाई आजै ४ बजे सपथ गराउने तयारी गरिएको छ । हाल गृह, रक्षालगयात विभिन्न आठ  मन्त्रालय प्रधानमन्त्री आफैंसँग छ । 

 


गृहमा एमालेभित्रको केपी शर्मा ओली पक्षकै खगराज अधिकारी, महेश बस्नेतलगायतले रुचि देखाएका थिए । तर प्रधानमन्त्री ओलीले खगराजलाई गृह मन्त्री बनाउने सम्भावना बढी रहेको बताइन्छ । 

 


 निवर्तमान गृहमन्त्री रामबहादुर थापाले आफ्नो कोटाबाट सञ्चार मन्त्री बनाउनुपर्ने भन्दै श्रीमती नैनकला थापाको नाम अघि सारेको थाहा भएको छ । जसपाका राजकिशोर यादवले पनि सञ्चारमै रुचि देखाएका छन् । त्यसैले सञ्चार मन्त्रालयबारे भने प्रधानमन्त्री अनिर्णित रहेको बताइन्छ । राजकिशोरले सञ्चार नपाए उद्याेग, वाणिज्य तथा  आपूर्ति निश्चित मानिएकाे छ । 

 

वनमा नारदमुनि राना, कृषिमा ज्वालाकुमारी शाह, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएकाे श्राेत बताउछ । 

 

आशा विकलाई वन राज्यमन्त्री बनाउने तयारी गरिएको थाहा भएको छ । 

 

मन्त्रिपरिषद् विस्तारको सूचना पाएपछि शपथका लागि तयारी थालिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस