• बुधबार-बैशाख-१२-२०८१

दीपक मनाङ्गेले किन छाडे मुख्यमन्त्रीको साथ ?


पोखरा । दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारका मन्त्री छन् । आफ्नो सरकार संकटमा पर्न लागेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेकै आशीर्वादमा सांसद बनेका गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् । 


पहिलो मुख्यमन्त्रीको कार्यकालअघि मन्त्री बनेका मनाङ्गे स्वयंले १० दिने मन्त्री भएको भविष्यवाणी गरेका थिए । नभन्दै १० दिनमै गुरुङले पदबाट राजीनामा दिएपछि मनाङ्गेको मन्त्री पद गयो । 


गण्डकीमा चुलिएको राजनीतिक दलबीचको दाउपेचमा पुनः गुरुङले नै बाजी मारे । र, लगत्तै उनले आफ्नो मन्त्रिपरिषदमा मनाङ्गेलाई पुनः निरन्तरता दिए । 

 

मनाङ्गे गुरुङतिरै लाग्दा पनि उनको बहुमत पुग्ने सम्भावना छैन । आफ्नातिर बहुमत पुर्याउनभन्दा पनि प्रदेशसभा भंग गरेर अर्ली निर्वाचन घोषणा गर्ने दाउमा गुरुङ छन् । विश्वासको मत लिनुपर्ने समय नजिकिँदै गर्दा मनाङ्गेले धार परिवर्तन गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनु अघिल्लो साँझ मनाङ्गेले विपक्षी गठबन्धन समातेका हुन् । मनाङ्गे यसमा अडिएमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने छ । 

 


मनाङ्गेले यसअघि गुरुङको सरकार ढल्नबाट रोक्न साथ दिएका थिए । अहिले प्रदेशसभा भंग हुने खतरा बढेकाले त्यसलाई रोक्न बोल्ड डिसिजन लिएको उनको तर्क छ ।  ३० सांसदको हस्ताक्षर जसले संकलन गर्छ त्यतैतिर लाग्ने उनले बताएका छन् । 

प्रतिकृया दिनुहोस