• बिहीबार-चैत-१५-२०८०

इजरायलको ल्याबमा तयार भयो आमाको दुध  !

 

बच्चाहरुका लागि आमाको दुध अमृत समान हुन्छ । नवजात शिशुहरुले आमाको दुध बाहेक अन्य केही चिजहरु पचाउन सक्दैनन् । तर, अब यसको पनि विकल्प निकालिएको छ । वैज्ञानिकहरुले नवजात शिशुहरुका लागि वैज्ञानिक ल्याबबाटै ब्रेस्ट मिल्क तयार गरेका छन् । इजरायलको बायोमिल्क नामक एक स्टार्टअप कम्पनीले महिलाको स्तन कोशिकाबाट दुध तयार गर्न सफल भएको छ । कम्पनीले ल्याबमा तयार गरिएको यस दुधमा आमाको दुधमा हुने सम्पूर्ण पौष्टिक तत्व रहने दाबी गरेको हो । आमाको दुध र ल्याबमा तयार गरिएको दुधमा केवल एन्टीबडीको फरक रहेको कम्पनीले दाबी गरेको छ ।

 

यसरी तयार गरिएको दुधमा न्यूट्रिशनल तथा बायोएक्टिभ कमेजिसन अन्य कुनै उत्पादनभन्दा धेरै उत्कृष्ट रहेको र आमाको दुधसँग मिल्दोजुल्दो रहेको कम्पनीको दाबी छ । कम्पनीको कोफाउन्डर तथा वरिष्ठ सेल वायोलोजिष्ट डा.लीला स्ट्रिकल्याण्डले आफ्नो अनुभवपछि यसरी दुधको विकल्प खोज्न थालेकी थिइन । उनको छोरो जन्मिदा दुध उनले आफ्नो छोरालाई पनि दुख खुवाउन पाएकी थिइन । त्यसैकारण सन् २०१३ देखि स्ट्रिकल्याण्डले ल्याबमा स्तन कोशिकाहरु तयार गर्न सुरु गरेकी थिइन । सन् २०१९ मा स्ट्रिकल्याण्डले खाद्य वैज्ञानिक मिसेल एगरसँग मिलेर यस्तो स्टार्टअप सुरु गरेकी थिइन । यस कम्पनीको उद्देश्य ब्रेस्ट फिडिङ बन्द गर्ने नभई आमाहरुका लागि विकल्पको रुपमा तयार हुने भएको उनको दाबी छ । 
 

प्रतिकृया दिनुहोस