• मंगलबार-जेठ-६-२०८२

सेनाको कुन दर्जाको तलब कति पुग्यो ? (सूचीसहित) 



काठमाडौं । सरकारले आगामी साउन १ बाट लागू हुनेगरी सबै सरकारी कर्मचारीको समान २ हजार रूपैयाँका दरले गरेको तलब वृद्धिबाट नेपाली सेना पनि लाभान्वित हुँदैछ । अति न्यून तलबमा काम गर्ने सेनाका तल्लो दर्जाका कर्मचारी यसबाट उत्साहित भएका छन् । 

 

हाल नेपाली सेनाको दर्ज्यानी चिह्नविहीन फलोअर्सले मासिक १९ हजार ४८० रूपैयाँ मात्र तलब बुझ्दै आएका छन् । अब आगामी साउनदेखि उनीहरूले २१ हजार ४८० पाउने छन् । 


 सिपाहीको २० हजार ६८० बाट बढेर २२ हजार ६८० र प्युठको २१ हजार १ सय ६० बाट २३ हजार १६० पुगेको छ । आगामी साउनदेखि अमलदारले २४०१०, हुद्दाले २४८००, जमदारले २८५७०, सुवेदारले ३० हजार २००, प्रमुख सुवेदारले ३५६५० र सहायक सेनानीले ३७९९० पाउनेछन् । 
 

त्यसैगरी, मानार्थ उपसेनानी ३४८६० बाट ३६८६०, उपसेनानीको ३७२२० बाट ३९२२०,सहसेनानी ३९०५० बाट ४१ हजार ५०, सेनानी ४०३८० बाट ४२३८०, प्रमुख सेनानी ४३४६० बाट ४५४६०, महासेनानी ४७३८० बाट ४९३८०, सहायक रथी ५१००० बाट ५३०००, उपरथी ६०३८० बाट ६२६८०, रथी ६२५४० बाट ६४५४० र प्रधानसेनापतिको ६५२४० बाट ६७१४० पुगेको छ । 
 

प्रतिकृया दिनुहोस