आजका आकर्षक तस्बिरहरु ( फोटो समाचार)
चिसोका कारण हिउँदमा खेती नहुँने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–३ ताक्सी गाउँमा चौँरीद्वारा उवा र आलु लगाउने तयारी गर्नका लागि जमिन जोत्दै । हिउँदमा अत्यधिक चिसो र हिमपात हुने भएकाले यहाँ वर्षेबाली मात्र लगाउने गरिन्छ । अहिले लगाएको बाली मङ्सिरमा मात्र पाक्ने गर्दछ । तस्वीर : हेमन्त केसी, रासस
कपिलवस्तुको बुद्धभूमी नगरपालिका ६ महुवाका दीपक नारायण मल्लाहले गरेको व्यावसायिक लिची खेती । १६ वटा रुखमा उत्पादन भएको लिची बन्दाबन्दीका कारण विक्री गर्न समस्या परेको छ । तस्वीर : माधव बेल्बासे, कपिलवस्तु,रासस
म्याग्दीको बेनी नगरपालिका– ५ मा पर्ने पर्यटकीयस्थल केवहिलमा निर्माण गरिएको भ्यू टावर । वडा कार्यालयको रु १० लाख आर्थिक सहयोगमा निर्माण गरिएको यो टावरबाट म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङ र कास्कीका ३ दर्जन गाउँ र मनोरम हिम शृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । तस्वीर : ध्रुवसागर शर्मा,रासस
कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर : रोशन सापकोटा,रासस
कोरोना संक्रमण प्रभावका कारण निषेधाज्ञा जारी गरेकाले सुनसान देखिएको बनेवा बजार क्षेत्र । तस्वीर : पेमा लामा, रासस
निषेधाज्ञा र कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ रकगार्डेन घर्मेुका घरवास सञ्चालक तथा स्थानीयहरु पर्यटक नआएपछि बुधबार दिउँसो दाउरा जोहो गर्दै । यहाँ १० घरमा घरवास (होमस्टे) रहेको छ । तस्वीर : जनक श्रेष्ठ
त्रिभुवन विमानस्थलको पछाडिबाट खिँचिएको बौद्ध स्तुपासहितको बौद्ध क्षेत्र । तस्वीर : प्रदीपराज वन्त,रासस
काठमाडौंको बौद्ध क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै बाहिर निस्कीएका सर्वसाधारणलाई नियन्त्रणमा लिँदै प्रहरी । तस्वीर : प्रदीपराज वन्त,रासस

प्रतिकृया दिनुहोस