• शनिबार-बैशाख-१५-२०८१

चीनबाट आइपुग्यो ४०० अक्सिजन सिलिन्डरसहित ३० टन सामान 

 

चीनको बेइजिङबाट ४०० थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको छ । 

 

 कोभिड–१९ विरुद्धको युद्धमा नेपाल सरकारलाई सघाउन यसअघि गरेको प्रतिबद्धताअनुसार चीनले ४०० थान अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराएको हो । 

 

सोमबार राति चीनको बेइजिङ विमानस्थलबाट ४०० थान अक्सिजन सिलिन्डरसहित ३० टन स्वास्थ्य सामग्री बोकेर उडेको नेपाल एयरलाइन्सको वाइडबडी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ ।  

 

सोही विमानमा  १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टिलेटर  चीन सरकारले नेपाल सरकारलाई पठाएको छ । 

 

चीनले नेपाल सरकारलाई २० हजार थान अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उसले यसपटक ४०० सिलिन्डर बेइजिङ विमानस्थल हुँदै नेपाल पठाएको हो ।  बाँकी स्वास्थ्य सामग्री भने तयार भएपछि उपलब्ध गराउने चीनको योजना छ । 

प्रतिकृया दिनुहोस