• शुक्रबार-बैशाख-१४-२०८१

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । 


मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।


प्राविधिक कारणले सरकारलाई कायम रहेको पार्टीको समर्थन आजदेखि फिर्ता लिएको माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले जानकारी दिए । निर्णय ढिला आएकाले समर्थन फिर्ताको पत्र भने बुझाइएको छैन । बधुबार कार्यालय खुलेपछि त्यसलाई बुझाउने तयारी छ । 

 

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि तत्कालीन नेकपाका प्रचण्ड र माधव नेपाल पक्षका मन्त्री फिर्ता भएका थिए । नेकपा एक छँदै ओली हटाउन संघर्ष गरे पनि प्राविधिक कारणले माओवादी केन्द्र व्युँतिएपछि पनि उसले समर्थन यथावत् राखेको थियो । ओलीले आइतबारको मन्त्रिपरिषद्बाट विश्वासको मत लिने निर्णय गरेसँगै माओवादीले समर्थन फिर्ता गरेको हो । 


 

प्रतिकृया दिनुहोस