• शनिबार-बैशाख-१५-२०८१

सैनिक प्रतिष्ठानमा ५९औँ समूहको अधिकृत क्याडेट तालिम स्नातक तह  दीक्षान्त समारोह  


काठमाडौँ, ९ वैशाख  । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह सम्पन्न भएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.
 
    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा  र प्राध्यापकसहितको उपस्थितिमा भएको दीक्षान्त समारोहमा पुरुष १२९, महिला २४ र विदेशी अधिकृत क्याडेट ४ शिक्षार्थी दीक्षित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

समारोहमा दीक्षित स्वदेशी तथा विदेशी शिक्षार्थीहरु तथा तीनका अभिभावकहरु सबैलाई बधाई दिंदै प्रधान सेनापति महारथी थापाबाट निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीहरुलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा सफलतापूर्वक उतारेर आ-आफ्नो सेनाका भविष्यको कुशल तथा प्रेरणादायी नेतृत्व बन्न सफलता मिलोस भन्‍ने शुभकामना व्यक्त गरिएकाे थियाे । साथै, उक्त समारोहमा शैक्षिक अध्यापन तर्फ प्रथम, द्वितिय, तृतिय हुने र एकेडेमीको विभिन्न विधामा उत्कृष्ट अंक हासिल गर्ने अधिकृत क्याडेटरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस