प्रहरीका अवकाशप्राप्त १२ जना आईजीपीहरुको भेला
काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त १२ जना महानिरीक्षकहरु २०७७ चैत २५ गते बुधबार महाराजगञ्जस्थित अवकाशप्राप्त महानिरीक्षक ध्रुबबहादुर प्रधानको घरमा भेला भए । सबैलाई प्रधानले नै भेटघाटका लागि बोलाएका थिए । प्रहरी इतिहासमै यसरी अवकाशप्राप्त १२ महानिरीक्षकहरुमात्र एकै ठाँउमा भेटघाट गरेको यो पहिलो पटक हो ।
भेटमा अवकाशप्राप्त महानिरीक्षकहरु मोतीलाल बोहरा, ध्रुबबहादुर प्रधान, अच्युतकृष्ण खरेल, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली सहभागी थिए ।
प्रधानको घरमा दिवा खाजा सहितको यो भेटमा अवकाशप्राप्त महानिरीक्षकहरुले सुरक्षा, राजनीति, विकास र आफ्ना घरायसी विषयमा छलफल गरेका थिए । संगठनमा रहँदा राजनीतिक खिचातानीमा एकले अर्कालाई टाढा देखेका यी अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरुको यो भेटले उनीहरुमा अवकासपछि जीवनकाे बारेमा जान्ने र र सहकार्यमा बल पुगेको बताइन्छ ।
ती प्रहरी महानिरीक्षकका अनुसार प्रहरी संगठनको संचालन, राष्ट्रिय सुरक्षा लगायतका विषयमा सबैको अनुभव र कार्यक्षमताको उपयोगका लागि कम्तीमा महिनामा एकपटक भेटनुपर्ने निश्कर्षमा बैठक पुगेको जानकारी हुन आएकाे छ ।
(तस्बिर र समाचार विष्णु घिमिरे)

प्रतिकृया दिनुहोस