• शनिबार-बैशाख-८-२०८१

 रेश्मा श्रेष्ठ कुँवरले जितिन ब्युटिसियन ट्यालेण्ट चितवनको ताज 

 

 

चितवन - क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनको नारायणगडमा ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ भब्य रुपमा सम्पन्न भएको छ।  उक्त प्रतिस्पर्धामा सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँवरले ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ को ताज पहिरहन सफल भएकी छिन। त्यसैगरी फर्स्ट रनरअप सौन्दर्यकर्मी शारदा बराल, सेकेण्ड रनरअप  शान्ति थापा र भिउवर्स च्वाइसको उपाधि सुप्रिना लामाले जित्न सफल भएका छन्।  

No description available.
ब्युटिसियन ट्यालेण्ट चितवन बिजेता श्रेष्ठले रु. पचास हजार नगद सहित सम्पूर्ण प्रितस्पर्धीहरुले रोज शिप विकास तालिम केन्द्र रविभवन काठमाण्डौमा एक हप्ताको सेल्फ मेकअप निशुल्क पाउने छन् । साथै विजेता सबैले क्राउन, सर्टिफिकेटको साथमा फाइटो म्याक्स कम्पनि स्किन एडबाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । त्यस्तै उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिता आयाेजक  अध्यक्ष सरिता आचार्यले जानकारी गराएकी छिन ।

 

प्रतियोगिताको निर्णायकहरु वरिष्ट सौन्दर्यविद् सोनी कारंजित, सञ्चारकर्मी, कलाकार तथा निर्देशक सूर्य चन्द, समाजसेवी तथा सौन्दर्यकर्मी अन्जु बुढाथोकी रहेका थिए । ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य, स्वास्थ्य तथा कृषि समिति सभापति बागमती प्रदेशका घनश्याम दाहाल (अभिनाश) र अतिथिहरुमा समाजसेवी दीपक थापाहरू र बलराम सैंजु रहेका थिए ।

 

ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ को इभेन्टका म्यानेजर कमल बराल, कोरियोग्राफर मानिस तामाङ, सहायक कोरियोग्राफीमा एलिना गुरुङ  रहेका थिए भने कार्याक्रम संचालन मोडल, म्युजिक भिडियो निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस