• आइतबार-फाल्गुण-१६-२०७७

पखालाबाट रहौं सावधान 

 

ग्यास्ट्रिकका कारण पखाला तथा बान्ता आउने जस्ता समस्याहरूले सताउन सक्दछ् । पखाला लाग्ने समस्या ब्याक्टेरिया तथा प्यारासाइटका कारण हुने गर्दछ । अझ पखाला मुख्यतय फोहोर पानीका कारण संक्रमण हुने गर्दछ । 


कसरी रहने सावधान


– सबैभन्दा पहिलो प्राथमिक उपचार भनेको फिल्टर गरेको वा उमालेको पानीमात्र पिउनु पर्दछ । यसका लागि फिल्टर सँधै सफा राख्नुपर्दछ ।  
– केही खानुपूर्व सफा रुपमा हात धुनु पर्दछ । 
– बाटोमा राखिएका काटेका फलफूलहरू तथा जुस पिउनु दिनु हुँदैन । यसमा झिंगाहरू रहने भएकाले संक्रमण फैलन सक्छ । 
– गर्मी महिनामा बच्चाबच्चीलाई दही, दुध पिउन दिनुपर्दछ । यसले पाचनशक्ति बढाउँछ र इन्फेक्सन हुन दिँदैन । 
– युवा तथा वयस्क व्यक्तिहरूलाई उपचार गराएपश्चात कम समयमा नै ठिक गराउन सकिन्छ तर बच्चाबच्चीलाई भने केही समय लाग्न सक्दछ । यसकारण खानपानमा विशेष ध्यान दिनु पर्दछ । 
– साना बच्चाबच्चीलाई पखालाको समस्या देखा परेमा चिकित्सा परामर्श गर्नुपर्दछ । यसको कारणले शरीरमा डिहाइडे«शनको खतरा पनि बढ्न सक्दछ । 
– साना बच्चाहरूको दाँत आउने बेलामा पनि पखाला लाग्न सक्दछ । यस्तो समयमा विशेष पौष्टिक तत्व खुवाउनु पर्दछ । 

प्रतिकृया दिनुहोस