• आइतबार-फाल्गुण-१६-२०७७

अर्थात जेमन्त : शरदराज गौतम

 

उनको नाउ ‘याकुजा’ होइन ।
तर टोलमा साथीभाइहरू बिच उनी ‘याकुजा’ भनेर चिनिन्छन् ।
खासमा यो नेपाली प्रचलनको नाउ पनि होइन ।
जपानी उपप्राध्यापिका मायुमी काठमाण्डौंको सामाजिक जीवनकाबारे
शोध अनुसन्धान गर्न यो टोलमा पुगेकी थिइन ।
अन्तर्वार्ता, छलफल र सामुहिक प्रवचनहरूमा एकदिन 
मायुमी उनलाई देखाएर सोद्धछिन,
वहाँ के गर्नु हुन्छ ।
वहाँ धेरै पैसा कमाउनु हुन्छ, कसैले ठट्टामा भनेको थियो ।
मायुमी नेपाली राम्रो बोल्थिन ।
पैसा कमाउने कुरा ठट्टामा भनिएको थियो 
मायुमीले ठट्टामै शब्द उच्चारण गरेकी थिइन,‘याकुजा’ ।
उनी टोलमा ‘याकुजा’ कहलिए ।
खासमा बेतन भोगी बासिन्दाको टोलमा उनी एक सामान्य उद्यमी थिए ।
जपानी समाजमा अपराधकर्म गरि पैसा कमाउने समूहका सदस्य ‘याकुजा’ हुन्छन् ।
बेतनभोगी टोलमा उनी पैसा कमाउनु हुन्छ भन्दा उनी ‘याकुजा’ भएका थिए ।
खासमा जपानी शब्दले जनाउने अर्थका ‘याकुजा’ होइनन् पनि ।
रेडिमेड कपडा बनाउने गार्मेन्ट उद्यमी ।
तीन दशक त मैलेनै देखेको भयो उनी यो कर्ममा छन ।
उनै ‘याकुजा’ ले सडक पेटीको एक किनारमा मलाई रोक्दै भने ।
तिमी भन्न सक्छौं, यो देशमा मेरो के अपराध थियो ?
‘याकुजा’ को अकस्मातको प्रश्नबाट म हत्प्रभ भएको थिएँ ।
म सबिस्तार लाउन पनि सक्तिन, उनी आफै बयाँ सुनाउँछन ।
दश महिनाको लकडाउन पछि बल्ल तल्ल क्रेता, बैंक र कामदारहरूलाई फकाएर
उनले आफ्नो उद्यम पुनः खोलेका थिए, गार्मेन्ट कारखाना ।
प्रशस्त दुस्साहस नै थियो, त्यो ।
तर उनले अर्थोक जानेका पनि थिएनन् ।
उनले कामदार जोरजाम गरि उत्पादन शुरु गर्ने अभ्यास थाले ।
एकदिन उनी कारखाना पुग्छन,
उनको कारखानाका सय भन्दा बढी कामदारहरूलाई घिसारेर सडकमा लगि सकिएछ ।
नारा लगाउन ।
उनी कारखानाको पिँढीमा थचक्क, आँखाभरि पानी भरिन्छ ।
उनीसित अब आवेग मात्रै थियो ।
उनी कारखाना बन्द भएको सूचना टाँस्छन, र घर फर्किन्छन् ।
पेटीमा टोलाएर उदासीमा उभ्भिएका याकुजा मसित सोध्छन्
हन, मैले यो देशमा के अपारध गरें, हँ ।
म देशमा उत्पन्न राजनैतिक अस्थिरताका बारे बोल्दिन ।
म अभिव्यक्ति स्वतन्त्रतामा घिउ बोकेर आगे पिछे गर्नेहरूको
बयान पनि टेबिल गर्दिन ।
म याकुजाको आँखामा हेर्छु ।
गहिरो घृणा मिश्रित उदासी छ, अनुत्तरित भटकाव छ,
 र, अनिश्चितताका गहिरोबादल छन ।
संधैभरि ठट्टा गरिरहने उसित, म
यो पटक ठट्टा पनि गर्दिन ।
मित्र, छयालीस साल अघि जन्मिनु मात्रै तिम्रो अपराध हो ।
छयालिस सालको आन्दोलनले यो मुलुकमा थुप्रै अनुत्तरित प्रश्नछाडेका थिए ।
ती सबै अनुत्तरित प्रशनहरू छाड्दै हिंड्दा बयसरुी त्रिसरुी भित्रिएको थियो ।
बयसरुी त्रिसरुीले मुलुकसित गंभीर सौदाबाजी गरेको छ ।
त्यै सौदाबाजीको शेषको भुँवरीमा परेका हुन, याकुजा ।
उनी भन्छन, यो देशमा जन्मिनु मेरो अपराध हो ?
र, मैले भने होइन,
तिम्रो अपराध छयालिस साल अघि जन्मिनु मात्रै हो ।
अरु त इतिहासले बोल्छ ।

 

प्रतिकृया दिनुहोस