• बिहीबार-चैत-१५-२०८०

जर्नेल शाह नेपाली सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भए 

 

काठमाडाैं। नेपाली सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी)का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन् । नेपाली सेनामा २०४१ सालमा क्याडेटमा भर्ना भएका उपरथी शाह  उमेर हदकाे कारणबाट अवकास भएका हुन्  । दुई तारे जर्नेल  सुवर्ण शाहले नेपाली सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भएका छन् । 


 सुवर्ण शाहकाे विदाई नेपाली सेनाकाे इतिहासमै पहिलाे पटक भएकाे चर्चा नेपाली सेनाका अधिकृतहरूले गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाकाे निर्देशनमा उपरथी  सुवर्ण शाहकाे  विदाई  २०७७ पुस २७ गते विशेष  रूपमा औपचारिक कार्यक्रमकाे आयाेजना गरेरै गरियाे ।

 

नेपाली सेनाकाे विशिष्ट पदसम्म पुगेर नेपाल राष्ट्र र नेपाली सेनाकाे संस्थागत हितमा काम गर्दा कुनै विवाद नपरी निष्कलंक छवि बनाएर  उपरथी  सुवर्ण शाह औपचारिक रूपमा विदा हुने पहिलाे जर्नेल बनेका छन् ।


 भद्र स्वभावका शालिन व्यक्तित्वका धनी जर्नेल शाहकाे बारेमा नेपाली सेनाले  पीएसओज् हहरूकाे समेत उपस्थितिमा  शाहले  सेवामा रहँदा पुर्याएकाे याेगदानकाे वारेमा प्रस्तुति गरेर र मायाँकाे चिनाे समेत प्रदान गरेकाे थियाे । आफ्नाे प्राेफेसनलमा इमानदार बन्दै स्वच्छ छवि कायम राखेर नेपाली सेनाबाट औपचारिक रूपमा विदा भएपनि  जर्नेल शाहले संस्थाकाे हितमा जीवनभर समर्पित रहने  बताएका छन् । 
 

प्रतिकृया दिनुहोस