• शुक्रबार-चैत-१६-२०८०

यी भोजनले गर्छ मधुमेह नियन्त्रण

 

स्वास्थ्य विज्ञहरूका अनुसार खानपानमा नियन्त्रण गर्न सकियो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । जीवनशैलीमा केही परिवर्तन गर्न सकियो भने औषधिको प्रयोग बिना नै मधुमेह नियन्त्रण हुन्छ । मधुमेह अधिकांशमा देखिने रोग बनिसकेको छ । रगतमा मधुमेहको मात्रा कम र बढी दुबै हुनु स्वास्थ्यका लागि खराब हो । 


बिना औषधि रक्तचाप नियन्त्रण गर्ने हो भने नियमित अभ्यास गर्नु जरुरी हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्दछ र शरीरको अंगहरूलाई मजबुत बनाउँदछ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्दछ । त्यसैकारण आफ्नो नियमित दिनचर्यामा वेटलिफ्टिङ, ब्रिस्क वाकिङ, हाइकिङ तथा स्विमिङ समावेश गर्नु जरुरी हुन्छ । 


मधुमेहका बिरामीले खानपानमा एकदमै ध्यान दिनुपर्दछ । विज्ञका अनुसार मधुमेहका बिरामीले खरबुजा, काँचो अम्बा, सुन्तला, मौसम, जामुनजस्ता फलहरू खानु उपयुक्त हुन्छ । मधुमेहका बिरामीले आलु, फुल फ्याट भएको दुधजस्ता चिजहरू बिल्कुलै खानु हुँदैन । चिकित्सकले विशेषगरी मधुमेहबाट बच्न तौल नियन्त्रणमा राख्ने सल्लाह दिन्छन् । 

प्रतिकृया दिनुहोस