काठमाडाैं । "पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस" को उपलक्ष्यमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा २०७७ पुस २५ गते मध्य पश्चिम पृतना हेडक्वाटर, बुटवल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको सहकार्यमा "जितगढी विजयी दौड-२०७७" Victory Half Marathon (२१ कि.मि. दौड) सफलतापूर्वक सम्पन्न भएको छ ।
वार्षिक रुपमा नेपाली सेनाको अगुवाईमा "पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस" को अवसरमा विजय महोत्सव दौड कार्यक्रम संचालन गरिदै आईरहेको छ । “जीतगढीको शान, नेपालीको पहिचान” मूल नारा सहित राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण किल्लाहरुको संरक्षण, सम्बर्द्धन एवं प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्नु रहेको नेपाली सेनाले बताएकाे छ ।
१४१ जना धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाई मुख्य मन्त्रीबाट नगद पुरस्कार, पदक तथा प्रमाण-पत्र प्रदान गरिएकाे छ ।
प्रतिकृया दिनुहोस