• बिहीबार-चैत-१५-२०८०

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २४ जना पक्राउ


काठमाडौं, ६ मङ्सिर  तनहुँ, ब्यास नगरपालिका-१३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेका राना समेत ८ जनालाई मङ्सिर ५ गते शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र नगद २६  हजार २ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।


मोरङ, रतुवामाई नगरपालिका-८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका गडतौला समेत १६ जनालाई मङ्सिर ५ गते शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र  उनीहरु सवार सवारी साधन समेत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस