• शुक्रबार-बैशाख-१४-२०८१

सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी 

 

काठमाडौं । नेकपाका नेता सुरेन्द्र पाण्डे सहभागी चितवनको एक कार्यक्रममा केपी शर्मा ओलीपक्षीय कार्यकर्ताले नाराबाजी गरेका छन् । 


 राप्ती नगर कमिटीले शनिबार दिउँसो आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ओलीपक्षीय कार्यकर्ताले नाराबाजी गरेका हुन् । 


पाण्डेले कार्यकर्तालाई प्रशिक्षण दिइरहेका बेला १५/२० जनाको समूहमा प्रवेश गरेका ओलीपक्षीय कार्यकर्ताले नाराबाजी गरेको एक सहभागीले बताए । 


माधव नेपालनिकट मानिने पाण्डेले गुटबन्दी गर्दै गुटगत भेला गरेकाले त्यसको विरोध गरेको ओलीपक्षीय कार्यकर्ताको भनाइ छ । कार्यक्रममा अवरोध गर्न पुगेका उनीहरूले ‘गुटबन्दी गर्न पाइँदैन’, ‘केपी ओली जिन्दावाद’ लगायत नारा लगाएका थिए । 


नाराबाजीपछि केहीबेर कार्यक्रम नै स्थगित हुन पुगेको थियो । 


नेकपाको विवाद केन्द्रमा बल्झिरहेका बेला पिँधसम्मै त्यसको प्रभाव देखिन थालेको छ । 


छानबिन माधव नेपालको माग 

यसैबीच, चितवन घटनाबारे छानबिन गर्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले माग गरेका छन् । घटनालगत्तै नेता नेपालले यसबारे छानबिन गर्न माग गरेका हुन् । 

प्रतिकृया दिनुहोस