• शुक्रबार-बैशाख-७-२०८१

वामदेवले भने– म कुनै गुटमा छैन, नेकपा फुट्दैन


तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकप) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नरहेको बताएका छन् । साथै उनले नेकपा कुनै हालतमा विभाजन नहुने दाबी पनि गरेका छन् । 


 “म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु” , तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजन गरेको एक कार्यक्रममा गौतमले भने, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।” 


पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको  उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए । उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने दाबी पनि उक्त अवसरमा गरे । 

उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र  सरकारले घोषणा पत्रअनुसार काम गर्नुपर्नेसमेत बताए । 

प्रतिकृया दिनुहोस