• बुधबार-मङ्सिर-१०-२०७७

सुनको मूल्य ४०० ले घट्यो 

 

काठमाडौं । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको थियो । 


    यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला पाँचले घटेको छ ।  बिहीबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २१० मा कारोवार भएको छ ।
 

प्रतिकृया दिनुहोस