काठमाडौं । फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बाका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा अरोपपत्र दायर गरेको छ । घुस रकम माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले शिवशंकर महतोलाई घुस वापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेका हुँदा निज शिवशंकर महतोलाई बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
प्रतिकृया दिनुहोस