• शनिबार-बैशाख-८-२०८१

मुख्यमन्त्री डोरमणि पौडेलको तिहार शुभकामनामा सत्कर्मको कुरो

वाग्मती, १ मङ्सिर (रासस) : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

मुख्यमन्त्री पौडेलले नेपालीको महान् चाड तिहारका अन्तिम दिन सोमबार भाइटीकाको अवसरमा जारी गरेको शुभकामना सन्देशमा दाजुभाइ र दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव तथा सुमधुर सम्बन्ध स्थापना गर्न भाइटीकाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।  

उनले सन्देशमा भनेका छन्, “यतिबेला सम्पूर्ण मानव समुदाय कोरोनाविरुद्ध सङ्घर्षरत छ । कोरोनाको महामारीबाट स्वास्थ्य चुनौतीसँगै जनजीवनका विविध पाटाहरु नराम्ररी प्रभावित भएका छन् । महामारीका कारण चाडपर्वहरु विगतको जस्तो खुलेर मनाउने अवस्था छैन । त्यसैले विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारले तोकेका मापदण्डलाई पालना गरी आफ्नो परिवारमा मात्र सिमित भएर चाडपर्व मनाउन अनुरोध गर्दछु ।” 

प्रतिकृया दिनुहोस