• शुक्रबार-चैत-१६-२०८०

जिप्रका सुर्खेतमा प्रभुको एक्स्टेन्सन् काउन्टर

 

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवाविस्तार गर्ने क्रममा सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं ०७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७ कार्तिक २७ गते देखि कारोबार सुरु भएको हो । 


नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

 

प्रभु बैंकको एक्स्टेन्सन् काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मागर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 
 

प्रतिकृया दिनुहोस