• शनिबार-बैशाख-१५-२०८१

विश्वमा छरिएर रहेका  नेपालीहरुलाई  गीत संगीतको माध्यमबाट जोड्दै 

 


विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेको यो विषम परिस्थितिमा हामीले गायन प्रतिभा प्रोत्साहनका लागि प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता "हल अफ फेम सिजन २" शुभराम्भ गर्न गाइरहेका छौं । हाम्रो उद्देश्य नेपाल र नेपालभन्दा बाहिर विश्वका कुना कुनामा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत संगीतको माध्यमबाट जोड्दै उनीहरुको सिर्जनात्मकतालाई निखार्दै संगीत क्षेत्रलाई एउटा प्रतिभाशाली सर्जक प्रदान गर्ने नै हो ।

 

पहिलो सिजनको सफलताका साथ समाप्ति पश्चात हामीले यसलाई अझ बृहद बनाउँदै लाखौं दर्शक श्रोतामाझ लैजाने जमर्को गरेका हौं । हामीले आयोजना गर्न लागेको हल अफ फेमलाई एमएनटीभी अष्ट्रेलियाका साथै नेपालको एक राष्ट्रियस्तरको टेलिभिजनबाट समेत प्रशारण गर्ने योजना बनाएका छौं ।

 

कार्यक्रम विशुद्ध सांगीतिक प्रतिस्पर्धा हुनेछ । यसमा निर्णायक मण्डलको चयन गर्ने कार्य हामीले सम्पन्न गरेका छौं । हल अफ फेम सिजन २ को निर्णायकको भूमिकामा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमाल रहनुहुनेछ । कार्यक्रममा युवा पुस्तालाई जोड्दैजाने अभिप्रायले यसको सञ्चालन गर्ने जिम्मेवारी हामीले मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठलाई दिएका छौं ।

 

यस प्रतिस्पर्धामा सहभागी हुन आवेदन दिने समय आगामी नोभेम्बर १५ सम्म राखिएको छ । निर्धारित समयसीमाभित्र प्राप्त प्राप्त भएका गीतहरुमध्येबाट टप ५० को छनोट गरी निर्णायक मण्डल समक्ष प्रस्तुत गरिनेछ । त्यसपछि क्रमशः खुला प्रतिस्पर्धामा समावेश गर्दै सर्वोत्कृष्ट गायक वा गायिकाको चयन हुनेछ । आम दर्शकले अफिसियल फेसबुकमार्फत अभिव्यक्त गरेको मत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा निर्णय हुनेछ ।

 

"हल अफ फेम सिजन-२" उपाधि जित्ने प्रतियोगीले पाँच लाख नेपाली रुपैयाँ बराबरको प्याकेज प्राप्त गर्नेछन् । जसमा एक लाख नगद, गीत रेकर्ड, म्युजिक भिडियो निर्माण लगायतको प्याकेज समावेश छ । कार्यक्रमलाई नै समर्पित गर्दै हामीले छुट्टै वेवसाईट [email protected]  पनि सञ्चालनमा ल्याएका छौं । यो साईटलाई आजको यो पत्रकार सम्मेलनबाट नै हामीले सार्वजनिक पनि गरेका छौं । यो वेवसाईटमा हल अफ फेमसँग सम्बन्धित सबै सूचना तथा सामग्रीहरु प्रकाशित गर्नेछौं ।

 

एमएनटीभी अष्ट्रेलिया सन् २०१२ मा स्थापना भई निरन्तर सञ्चालनमा रहेको छ । यसको अध्यक्ष मेलबर्नका सफल व्यवसायी एवं सामाजिक अभियन्ता चन्द्र योञ्जन रहनुभएको छ भने सम्पादकीय नेतृत्व चिरञ्जीवी देवकोटाले गर्नुभएको छ । हल अफ फेम सिजन २ को संयोजन संस्थाका ब्रान्ड म्यानेजर रमन झा र चर्चित म्युजिक भिडियो निर्देशक जीवन रसाईलीले गर्नुहुनेछ ।

 

कार्यक्रमलाई मेट्स ईन्टरनेशनल र क्वीन्सफोर्ड कलेजले मुख्य प्रायोजन गरेको छ भने आरजीआईटी अष्ट्रेलिया, अल्टिमेट ईन्ष्टिच्युट अफ अष्ट्रेलिया युआईएले प्रायोजन गरेका छन् । यस्तै सिटी एक्सप्रेस मनी ट्रान्सफर, ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन, काठमाडौं प्रोपर्टीजको साथ रहेको छ ।


प्रस्तुति-हल अफ फेम सिजन-२

प्रतिकृया दिनुहोस