• शनिबार-जेठ-३१-२०८२

धरौटी नथप्ने तीन दर्जन स्वास्थ्य संस्थामाथि डण्डा

 

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्न अनुमति लिएका करिब ३ दर्जन स्वास्थ्य संस्थाको अनुमतिपत्र सरकारले खारेज गरेको छ । थप गरिएको धरौटी रकम नबुझाएपछि ती स्वास्थ्य संस्थाहरूको अनुमतिपत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खारेज गरेको हो ।


वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि सूचीकृत स्वास्थ्य संस्थाले सुरुमा ३ लाख धरौटी राखेकोमा पछि यो नियम संशोधन गरेर ५ लाख पु¥याइएको थियो । वैदेशिक रोजगार नियमावलीको २०६४ को नियम ४५ (क) को उपनियम ६ र ७ अनुसार असार मसान्तसम्म धरौटी थप गर्नुपर्ने अवधि दिइएको थियो । तर तोकिएको समयमा धरौटी रकम नबुझाएपछि ती स्वास्थ्य संस्थाको लाइसेन्स खारेज गरिएको श्रम मन्त्रालयले जनाएको छ ।


कुन–कुन परे खारेजीमा ?
असोज २० गते मन्त्रीस्तरीय निर्णयबाट अनुमतिपत्र रद्द गरिएकामा नाम चल्तीकादेखि नाममात्रैका स्वास्थ्य संस्थासम्म छन् ।  खारेजीमा परेका संस्थाले अब वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्न पाउने छैनन् ।


 माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल र सानेपाको मेघा अस्पतालले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्दै आएकोमा उनीहरूको लाइसेन्स खारेज गरिएको छ । मन्त्रालयका अनुसार, भक्तपुर शंखधर चोकमा रहेको मध्यपुर अस्पताल प्रा.लिसँगै चितवनको चितवन मेडिकल कजेज प्रा.लि पनि अब वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न पाउने छैनन् ।


कोटेश्वरस्थित सिर्जनशील हेल्थ केयर,स्युचाटारको यू एण्ड पी मेडिकल सेन्टर, गोंगबुमा रहेको रक्षा मेडिकल सेन्टर एण्ड डायग्नोष्टिक सेन्टरको पनि लाइसेन्स खारेज गरिएको छ । सिनामंगलस्थित एभी पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर, वसुन्धराको ढोरपाटन मेडिकल सेन्टर, गोंगबुको हेल्पिङ हेल्थ मेडिकल सेन्टर प्रा.लि., बालाजुस्थित जनस्वास्थ्य केन्द्र प्रालि पनि तोकिएको धरौटी रकम जम्मा नगरेपछि कारबाहीमा परेका छन् ।

 

उता, पुरानो बानेश्वरस्थित नमुना मेडिकल सेन्टर, कालीमाटीस्थित रिलिफ हेल्थ केयर प्रा.लि., इटहरीस्थित कान्तिपुर मेडिकल सेन्टर प्रा.लि., मध्यबानेश्वरस्थित भेनस अस्पताल, ललितपुरस्थित मेडिसीटी हस्पिटल प्रा.लि., बुटवलको नेशनल प्याथल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि., इटहरीस्थित इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रालिबाट यसअघि स्वास्थ्य परीक्षण सेवा प्रवाह भइरहेकोमा सरकारको निर्णयसँगे बन्द भएको छ । 
 

प्रतिकृया दिनुहोस