• शुक्रबार-बैशाख-७-२०८१

कैलारीमा सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी  स्थापना

 


कैलाली, ३  कात्तिक (रासस) : कैलारी गाउँपालिका –५ छोटीपलियामा असोज २ गते  सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी (बिओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरअन्तर्गत स्थापित बिओपीको असोज २ गते सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकी र कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 


उद्घाटनका क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथोकीले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध  निकासीपैठारी नियन्त्रणमा बिओपीको प्रमुख भूमिका रहेको बताउनुभयो ।  सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले बिओपीको स्थापनाले सीमा सुरक्षा एवं सीमा इलाकामा बसोबास गर्ने नागरिकमा सुरक्षाको सुनिश्चितता हुने उल्लेख गर्नुभयो ।


भारतसंँग सिमाना रहेका कैलालीका सीमा इलाकाम अझै बिओपी सङ्ख्या थप गर्ने योजना रहेको बताइएको छ । बिओपी स्थापनापछि सीमा क्षेत्रमा थप सुरक्षा कायम हुने र चोरी तस्करी नियन्त्रण हुने विश्वास लिइएको छ । एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा योलगायत बिओपी १२ पुगेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस