• मंगलबार-बैशाख-४-२०८१

नेपाल प्रहरीमा खुल्यो जागिर (सूचीसहित)

 

काठमाडौं । नेपाल प्रहरीले रिक्त रहेको ५२२७ प्रहरी जवान (जनपद) को पदका लागि आवेदन खुला गरेको छ । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुरुप पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । 


खुला पदबाट २८१७, अमर/अशक्त प्रहरी परिवारबाट १०५ जना, समावेशीमा महिला ४६१, आ./ज. ७३७, मधेसी ६४६, दलित ३४५ र पिछडिएको क्षेत्रबाट ११६ जना गरी ५२२७ पदमा आवेदन खुला गरिएको हो । 


शैक्षिक योग्यता आठ कक्षा पास गरेको हुनुपर्नेछ । उचाई पुरुषका लागि घटीमा ५ फिट २ इन्च र महिलाका लागि ५ फिट हुनुपर्नेछ । नैतिक र शारीरिक मापदण्ड पुरा गरेका इच्छुक नेपालीहरुले आवेदन दिनसक्ने नेपाल प्रहरीले जानकारी दिएको छ । दरखास्त फाराम भर्ने अन्तिम मिति २०७७ कात्तिक २३ गतेसम्म रहेको छ । 

 

 

No description available.

 

No description available.

No description available.

प्रतिकृया दिनुहोस